२०८३, २८ श्रावण शुक्रबार

गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल

गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल


काठमाडौँ, १९ पुस : गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्ति गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुसमा महीनामा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको जानकारी गराउनुभयो । पाँचथरको थाक्लेमा जन्मिनुभएका खनालले परराष्ट्र र वैदेशिक मामिलाका जानकारी हुनुहुन्छ ।

पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला विज्ञका नियुक्त हुनुभएको उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई लिएर ‘भू–राजनीति’ पुस्तकसमेत प्रकाशन गर्नुभएको छ ।

सगरमाथा दैनिक पत्रिकाबाट पत्रकारिता आरम्भ गर्नुभएका खनालले रेडियो नेपाल, कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा समेत काम गरिसक्नुभएको छ ।

अङ्ग्रेजी, पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएका उहाँ अहिले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विद्यावारिधि गर्दै हुुनुहुन्छ ।

नवनियुक्त सल्लाहार सम्पादक खनालले गोरखापत्रलाई थप पठनीय र गोरखापत्रको गौरवपूर्ण इतिहासलाई थप अझ मजबुद बनाउन पहल गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ८ : ११ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष