२०८२, १ पुस मंगलबार

शैक्षिक विकासमार्फत राष्ट्रको उन्नति हुन्छ : राष्ट्रपति भण्डारी

शैक्षिक विकासमार्फत राष्ट्रको उन्नति हुन्छ : राष्ट्रपति भण्डारी


विराटनगर, १९ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको विकासबाट नै राष्ट्रको उन्नति हुने बताउनुभएको छ । राष्ट्रपति भण्डारीलाई स्वागत तथा अभिनन्दका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज आयोजना गरेको कार्यक्रममा उहाँले चेतना र लोकतन्त्रको सम्वाहक महेन्द्र मोरङ क्याम्पसको भूमिका अग्रणी छ भन्नुभयो ।

राष्ट्रपति भण्डारीले विगतमा आफू यस क्याम्पसमा अध्ययन गरेको स्मरण गर्दै मुलुकमा भएको राजनीतिक परिवर्तनपछि समृद्धिको बाटोमा हिँडिरहेको अवस्थामा शैक्षिक संस्थाले सोहीअनुसारका पाठ्यक्रम र जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा भएको अपार सम्पदाको उपयोगका लागि आवश्यक रणनीति बन्नुपर्छ भन्दै चरित्रवान, लगनशील र देशभक्तिको भावना बोक्ने जनशक्तिले राष्ट्र समृद्ध हुने धारणा राख्नुभयो ।

प्राज्ञिक संस्थाले शिक्षाको विकास र सुदृढीकरणमा प्रयत्नशील रहनुपर्छ भन्दै राष्ट्रपति भण्डारीले शैक्षिक चेतना र जागरणमा यो क्याम्पसले खेलेको भूमिकाको सराहना गर्नुभयो । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले विगतमा विश्वविद्यालय निर्माण गर्न तत्पर यो क्याम्पसले शिक्षा क्षेत्रमा निकै योगदान पु¥याएको छ भन्नुभयो । मुख्यमन्त्री शेरधन राईले धेरै पूरानो इतिहास बोकेको यो क्याम्पस उच्च र दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरले पूर्वक्षेत्रको शैक्षिक विकास, विस्तार एवं बौद्धिक विकासमा यो क्याम्पसले खेलेको भूमिकाको चर्चा गर्दै अबको शिक्षा पूरानो ढङ्गबाट नचल्ने धारणा राख्नुभयो । क्याम्पस प्रमुख प्रा बाबुराम तिमल्सिनाका अनुसार क्याम्पसमा हाल तीन हजार ५०० विद्यार्थी अध्ययनरत छन् । उहाँले क्याम्पसको जीर्णोद्धार गर्न रु ५० करोड आवश्यक पर्ने बताउनुभयो । सो अवसरमा क्याम्पस प्रमुख तिमल्सिनाले राष्ट्रपति भण्डारीलाई अभिनन्दनपत्रद्वारा सम्मान गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ६ : ५५ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई