२०८२, २० कार्तिक बुधबार

युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्छ : राष्ट्रपति

युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्छ : राष्ट्रपति


विराटनगर, १९ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सवको आज समुद्घाटन गर्दै उहाँले मुलुकलाई अहिले चाहिने दक्षजनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले ज्ञान र विज्ञानको केन्द्र रहेको विश्वविद्यालयले यहाँको उद्योग, कृषि र पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आफ्ना मापदण्ड, योजना र नीति बनाउन सुझाव दिँदै सम्भाव्यता उपयोग गर्न विश्वविद्यालयले शिक्षामा परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नसके देश र जनताका कल्याण हुने भन्दै पूर्वाञ्चल विश्वविद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पु¥याउने सबैलाई धन्यवाद दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाञ्चल विश्वविद्यालयसँग प्रर्याप्त पूर्वाधर भएको धनी संस्था हो भन्दै नेपाललाई चाहिने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको प्रयत्न निरन्तर अघि बढ्नुपर्छ भन्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधि एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेले मुलु्कमा आर्थिक उन्नतिले मात्र नेपाली जनतामा खुशी र सुखी ल्याउन नसक्ने भन्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न शिक्षाको विकास हुनुपर्नेमा जोडभयो । उहाँले दक्षजनशक्ति कसरी उत्पादन गर्न सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने भन्दै शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृिद्धसँग जोड्न विश्वविद्यालयले सोच्नुपर्ने समय आएको बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र रजिष्ट्रार प्रर्मिला थापाले विश्वविद्यायलयको गतिविधि तथा अगामी दिनमा सञ्चालन गर्ने शिक्षाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विश्वविद्यालयमा सहयोग पु¥याउने प्रथम सेवा आयोगका अध्यक्ष प्राध्यापक कृष्ण पोखरेल, प्रथम उपकुलपति स्व धु्रवनारायणलाई मरणोपरान्त, पूर्वउपकुपति तोरणबहादुर कार्की र विराटनगर नगरपालिकाका तत्कालीन प्रमुख अशोक कोइरालालाई सम्मान गरिएको थियो । उपकुलपति प्रा डा दासले राष्ट्रपति भण्डारीलाई अभिनन्दनपत्रद्वारा सम्मान गर्नुभयो भने राष्ट्रपति भण्डारीले रजतस्तम्भको अनावरण गर्नुभयो । -रासस

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ६ : २९ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई