२०८३, ३२ असार शुक्रबार

काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध

काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध


काठमाडौँ, पुस १९ : काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पु-याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई वृद्धाश्रममा राखिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

काठमाडौं परिसर प्रमुख एसएसपी वसन्त लामाले बेवारिसे वृद्धवृद्धालाई कालिमाटीस्थित आमाघर र गोंगबुको हिमालयन आश्रममा राखिने बताए । ‘सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको दैनिकजसो शव भेटियो । जाडोले उनीहरूको मृत्यु भएको देखियो । उनीहरूलाई वृद्धाश्रममा राख्न लागिएको हो,’ लामाले भने । उनका अनुसार भिखारीको हकमा भने कानुनअनुसार कारबाही चलाइनेछ । स्वदेशीलाई पक्राउ गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाइने, अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने लामाले बताए । विदेशीलाई भने पक्राउ गरी सम्बन्धित मुलुकको बोर्डरमा लगेर छाडिने उनको भनाइ छ ।

कति छन् बेवारिसे वृद्धवृद्धा र भिखारी ?
महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौंमा अहिले झन्डै दुई सयको हाराहारीमा बेवारिसे वृद्धवृद्धा छन् । त्यसमध्ये एक सय ८८ को पहिचान भइसकेको छ । पहिलो चरणमा प्रहरीले सात वृद्धवृद्धालाई पक्राउ गरी आश्रममा लगिसकेको छ । उनीहरूका लागि आवश्यक खाद्यसामग्री, लत्ताकपडा, साबुन, ब्रसलगायतका आवश्यकीय सामग्री लायन्स क्लबको सहकार्यमा व्यवस्थापन भइसकेको छ ।

‘वृद्धवृद्धाको रोजीरोटीका लागि सबै व्यवस्था भइसकेको छ । महिना दिनसम्म पुग्ने रासन र आवश्यक सामग्री तयार छ । सम्बन्धित आश्रमलाई केही दिनमै हस्तान्तरण गर्छौं,’ परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने । प्रहरीले भिखारीको तथ्यांक पनि संकलन गर्न सुरु गरेको छ । काठमाडौंमा स्वदेशी र विदेशी गरी दुई सयकै हाराहारीमा भिखारी रहेको अनुमान छ । भिखारीलाई भने व्यवस्थापन नभएर कारबाही नै हुने बोगटीले बताए ।

सडक बालबालिकालाई पनि उठाइने
वृद्धवृद्धा र भिखारीपछि बेवारिसे अवस्थाका सडक बालबालिकलाई पनि सडकपेटीबाट उठाउने प्रहरी योजना छ । उनीहरूको तथ्यांक संकलन सुरु गरिसकेको छ । ठेगाना पत्ता लगाई उनीहरूलाई अभिभावकको जिम्मा लगाउने र पहिचान नहुनेको हकमा भने आश्रमलाई जिम्मा दिइने प्रहरीले बतायो ।

‘वृद्धवृद्धा र भिखारीपछि बेवारिसे अवस्थाका सडक बालबालिकालाई पनि पुनस्र्थापना गरिनेछ । ठेगाना पत्ता लगाएर अभिभावकको जिम्मा लगाइनेछ । ठेगाना नभएकालाई भने आश्रममा राखिनेछ,’ डिएसपी बोगटीले भने, ‘उनीहरूको रोजीरोटी र शिक्षादीक्षाका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइनेछ ।’

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ७ : १९ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित