२०८३, १८ आश्विन सोमबार

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग


काठमाडौँ, १८ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले उक्त जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन पार्टीका प्रदेश, जिल्लालगायत सबै तहलाई निर्देशन दिएको नेता भुवन पाठकले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भ्रातृ सङ्गठनका अध्यक्ष र महासचिवको सहभागिता रहेको बैठकले वाइड वडी जहाज खरिद प्रकरणमा संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेको विषयलाई गम्भीरतापूर्वक लिई तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।

आगामी फागुन १५ गतेदेखि ३० गतेसम्म राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिने बैठकले निर्णय गरेको छ । बैठकले सङ्गठन सुदृढीकरण अभियानमा सहभागी हुन केन्द्रीय कार्यसमितिका प्रत्येक सदस्यले अनिवार्य रुपले प्रदेशसभा वा सङ्घमा आफ्नो निर्वाचन क्षेत्र छान्नुपर्ने, छानिएका निर्वाचन क्षेत्रको जानकारी एक हप्ताभित्र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने र निर्वाचन क्षेत्र छनोट नगरेका सदस्यलाई सङ्घ तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उमेदवार नबनाइने निर्णय गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ८ : ५३ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा