२०८३, ३२ असार शुक्रबार

प्रेमिकालाई आकर्षित गर्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी १० तरिका

प्रेमिकालाई आकर्षित गर्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी १० तरिका


आफूले मन पराएको केटीलाई आकर्षित गर्न चाहने केटाका लागि केही टिप्स दिने प्रयास गरेका छौं । आफूले मन पराएपनि प्रेममा पार्न नसकेका युवक तथा प्रेममा परेका आफ्नी प्रेमिकालाई आकर्षित गर्न यहाँ १० वटा उपाय दिइएको छ । केहि कुरा पाउन केहि गुमाउनु पर्छ भने जस्तै केही आफ्ना गलत बानी छन् भने यसलाई सुधार्नु पहिलो शर्त रहेको छ ।

१ सोसल नेटवर्किङमा पिछा – भेटेको केहि समयपछि नै महिला फेसबुकमा गएर उनको निकै अघिदेखि राखिएको सबै फोटोहरुमा लाइक नगर्नुहोस् । संवेदनशील महिलाहरुलाई कसैले पनि छोटो समयमा यति बिधि प्राथमिकता दिएको पटक्कै मनपर्दैन । यसो गर्नुभयो भने उनी तपाईंबाट प्रभावित नभई तपाईंबाट टाढा जान खोज्नुहुन्छ ।

२ विवाहकोबारेमा संकेत नदिनुहोस्– पुरुषहरु कुनै पनि कमिट्मेन्ट गर्न डराउँछन् भन्ने कुरा पुराना भइसकेको छ । वास्तविकता के हो भने महिलाहरु कम परिचित पुरुषहरुसँग कमिटेड हुन डराउँछन् । हुनसक्छ तपाईं आफ्नो सम्बन्धप्रति निकै सिरियस हुनुहुन्छ होला र उनीसँगै आफ्नो बाँकी जीवन व्यतित गर्न चाहनुहुन्छ होला तर उनले तपाईंले जे सोच्नु भएको त्यस्तो नसोचेको हुनसक्छ । पहिले आफूले मनपराएको महिलाको तपाईंप्रति राख्ने भावनाको बारेमा बुझ्नुहोस् ।

३ पैसाको सो–अफ नगर्नुहोस्– महँगो उपहार दिएर महिलाको मन जित्ने सोच्दै हुनुहुन्छ भने त्यो सोचाई तुरुन्त त्यागिदिनुहोस् किनभने महिलाहरुलाई आफ्नै कमाईले आफ्नो शोक र आवश्यकता पूरा गर्न मनपर्छ । त्यसकारण आफू धेरै धनी छु भनेर देखाउन नखोज्नुहोस् ।

४ पटक–पटक अपडेट लिइरहन आवश्यक छैन– कसैलाई बुझ्न चाँहदै हुनुहुन्छ भने उनको हरेक मिनेटको खबर लिइरहन आवश्यक छैन । यो सोच्नुहोस्, तपाईंलाई भेट्नुभन्दा अघि पनि उनी खाना खान्थिन्, तपाईंको गुडनाइट मेसेज बिना नै सुत्ने गर्थिन । पटक–पटक अपडेट लिने तपाईंको बानीले तपाईं पागलजस्तै उनको पिछा गरिरहनुभएको छ त्यसकारण महिला तपाईंसँग नजिक हुनुको साटो टाढा हुनेछिन् ।

५ पटक–पटक फोन नगर्नुहोस्– यदि तपाईंले प्रभावित पार्न चाहनुभएको महिलाले कुनै कारणवश अथवा व्यस्त हुँदा तपाईंको फोन उठाउन चाहनुभएको छैन र तपाईंको मेसेज फर्काउँदिनन् भने तपार्ईंको बारम्बारको फोन र मेसेजले उनलाई प्रभावित पार्नुभन्दा बढि तनाव दिने गर्दछ ।

६ बिल सधैँ आफैँले नै नतिर्नुहोस– यदि तपाईं बाहिर कतै खानको लागि निस्कनु भएको छ भने उनले बिल तिर्दा केहि पनि फरक पर्दैन । यदि तपाईं सधैँ बिल आफैँले तिर्न हठ गर्नुहुन्छ भने तपाईंले उनलाई कृपा गरिरहेको सम्झनु हुनेछ । खर्च बाँड्दा त्यसले उनको आत्मसम्मानलाई कायम राख्ने गर्दछ ।

७ सेक्सको कुरा नगर्नुहोस्– केहि दिन पहिले मात्र सुरु भएको तपाईंको सम्बन्धमा सेक्सको बारेमा कुरा नगर्नुहोस् । यसले तपाईंको छविलाई बिगार्ने गर्दछ । तपाईंले सेक्सको बारेमा कुरा गर्दा ती महिलाले तपाईंले पहिले पनि अरु थुप्रै महिलालाई प्रयास गरिसकेको उनले बुझ्नेछिन् । आफ्नो सम्बन्धलाई अगाडि बढाउनका लागि थोरै समय दिनुहोस् ।

८ पुरानो सम्बन्धमा घमण्ड नगर्नुहोस्– तपाईंले थुप्रै महिलासँग सम्बन्ध गाँसिसकेको भन्दै घमण्ड गर्न छोड्नुहोस् । यसो गर्नाले तपाईंको पहिलोको सम्बन्ध बिग्रनुमा तपाईंकै हात भएको उनले बुझ्नुहुनेछ ।

९ नचाहिने कुरामा उपहार बर्साउनु ठिक होइन– नचाहिने कुरामा उपहार दिइरहँदा उनलाई दिक्क लाग्न सक्छ । पैसाले तपाईं उनको माया किन्न सक्नुहुन्न । तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।

१० पर्सनल लाइफमा बाधा नपुराउनु– महिलालाई तारिफ गरेको मन त पर्छ तर पटक–पटकको तारिफ पनि उनीहरुलाई झर्को लाग्ने गर्दछ । सम्बन्धको सुरुवाती अवस्थामा तपाईं उनको लवाई–खुवाईमा टिप्पणी गरेर उनलाई सल्लाह दिनुहुन्छ भने उनलाई त्यो राम्रो लाग्दैन । महिलालाई उनको पर्सनल लाइफ र उनीहरुको साथीको बारेमा थाहा पाउने कोसिस नगर्नुहोस् ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : ५४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित