२०८२, १ आश्विन बुधबार

यी १० काम गर्ने मानिसको घरमा कहिल्यै वास गर्दिनन् लक्ष्मीले

यी १० काम गर्ने मानिसको घरमा कहिल्यै वास गर्दिनन् लक्ष्मीले


यी १० काम गर्ने मानिसको घरमा कहिल्यै वास गर्दिनन् लक्ष्मीले धर्मग्रन्थहरुकाअनुसार यो दिन लक्ष्मीको कृपा प्राप्त गर्नका लागि सबैभन्दा सुखद् मानिन्छ । किनभने, यस दिन गरिने पुजाआजाको सम्पूर्ण फल प्राप्त हुन्छ। शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।

१. जो ब्यक्ति विना स्नान गरेर तुलसीका पात च्यात्छ र त्यसबाट भगवानको पुजा गर्छ । देवता त्यस्तो पुजा स्वीकार गर्दैनन् र धनकी लक्ष्मी पनि रिसाउँछिन्।

२. गुरुको आदर नगर्ने र गुरुकी श्रीमतीमाथि खराब नजर राख्नेको धन महालक्ष्मीले समाप्त गरिदिन्छिन् । चाहे त्यो लक्ष्मीको जति ठूलो भक्त नै किन नहोस्।

३. महालक्ष्मी त्यस्ता ब्यक्तिहरुको घर तुरुन्त छोडिदिन्छिन्, जो ननुहाएर देवताको पुजा गर्छ । पुजाको समय मनमा पनि केही दोष हुनुहुँदैन् ।

४. जो स्त्री परिवारका ठूला मान्छेको आदर गर्दिनन्, झगडालु स्वभावकी हुन्छिन् । दोस्रो पुरुषमाथि मन लगाउँछन्, अधार्मिक काम गर्छन् । त्यस्ती स्त्री देखि पनि लक्ष्मी रिसाउँछिन् ।

५. अल्छी मान्छेदेखि पनि देवी लक्ष्मी रिसाउछिन् । किनभने यस्तो ब्यक्ति कर्म गर्दैन् र सफलता मात्र चाहन्छ । यस्ता ब्यक्तिले लक्ष्मीको जति पुजा गरे पनि हमेशा धनको अभाव हुन्छ ।

६. जो ब्यक्ति परिवारका सदस्यमाथि कुनै कारण बिना नै भेदभाव गर्छ, त्यस्तो घरमा पनि लक्ष्मी वास गर्दिनन् । न त उसको ब्यापारमा कुनै राम्रो हुन्छ ।

७. जो ब्यक्ति पुजाको समयमा कसैमाथि रिस गर्छ र आवश्यक रिसाउँछ । त्यसबाट पनि लक्ष्मी रिसाउँछिन् र अन्य देवता पनि उसको पुजा स्वीकार गर्दैनन् ।

८. जो ब्यक्ति भगवानलाई वासी फूल चढाउँछ, सफा सुग्घर रहदैंन्, सदैव दुर्गन्धित र फोहर रहन्छ । उसलाई देवी लक्ष्मी (धन, वैभव र ऐश्वर्य) हमेशा टाढा रहन्छन् ।

९. जो ब्यक्ति बर्जित दिनमा साँझको समयमा स्त्रीसँग सहवास गर्छ र दिनमा सुत्छ । परस्त्री र अर्काको धनमाथि नजर लगाउँछ । त्यस्तो ब्यक्तिको घरमा पनि लक्ष्मी कहिल्यै बास गर्दिनन् ।

१०. कपटी, चोर, खराब चरित्र भएको ब्यक्ति, दोस्रोको सम्पत्ति हड्पने ब्यक्तिको घरमा पनि देवी लक्ष्मी कहिल्यैं वास गर्दिनन् । गलत कामबाट धन कमाउनेहरुसँग लक्ष्मी प्रसन्न हुदिनन् ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : ४५ बजे

सरकारद्वारा असोज १ मा सार्वजनिक बिदा, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । नेपाल सरकारले जेनजी पुस्ताद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा

सेनाका २२ जना सवार ट्रक दुर्घटना, ६ गम्भीरसहित १६ घाइते

हेटौंडा । नेपाली सेनाका २२ जना जवान सवार ट्रक मंगलबार

विश्वकर्मा पूजा आज देशभर मनाइँदै, औद्योगिक क्षेत्रदेखि सवारी साधनसम्म पूजाआजा

काठमाडौं । आज देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदैछ। कन्या

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय

काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहँदा अरब सागर तथा