२०८३, २३ भाद्र बुधबार

यी १० काम गर्ने मानिसको घरमा कहिल्यै वास गर्दिनन् लक्ष्मीले

यी १० काम गर्ने मानिसको घरमा कहिल्यै वास गर्दिनन् लक्ष्मीले


यी १० काम गर्ने मानिसको घरमा कहिल्यै वास गर्दिनन् लक्ष्मीले धर्मग्रन्थहरुकाअनुसार यो दिन लक्ष्मीको कृपा प्राप्त गर्नका लागि सबैभन्दा सुखद् मानिन्छ । किनभने, यस दिन गरिने पुजाआजाको सम्पूर्ण फल प्राप्त हुन्छ। शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।

१. जो ब्यक्ति विना स्नान गरेर तुलसीका पात च्यात्छ र त्यसबाट भगवानको पुजा गर्छ । देवता त्यस्तो पुजा स्वीकार गर्दैनन् र धनकी लक्ष्मी पनि रिसाउँछिन्।

२. गुरुको आदर नगर्ने र गुरुकी श्रीमतीमाथि खराब नजर राख्नेको धन महालक्ष्मीले समाप्त गरिदिन्छिन् । चाहे त्यो लक्ष्मीको जति ठूलो भक्त नै किन नहोस्।

३. महालक्ष्मी त्यस्ता ब्यक्तिहरुको घर तुरुन्त छोडिदिन्छिन्, जो ननुहाएर देवताको पुजा गर्छ । पुजाको समय मनमा पनि केही दोष हुनुहुँदैन् ।

४. जो स्त्री परिवारका ठूला मान्छेको आदर गर्दिनन्, झगडालु स्वभावकी हुन्छिन् । दोस्रो पुरुषमाथि मन लगाउँछन्, अधार्मिक काम गर्छन् । त्यस्ती स्त्री देखि पनि लक्ष्मी रिसाउँछिन् ।

५. अल्छी मान्छेदेखि पनि देवी लक्ष्मी रिसाउछिन् । किनभने यस्तो ब्यक्ति कर्म गर्दैन् र सफलता मात्र चाहन्छ । यस्ता ब्यक्तिले लक्ष्मीको जति पुजा गरे पनि हमेशा धनको अभाव हुन्छ ।

६. जो ब्यक्ति परिवारका सदस्यमाथि कुनै कारण बिना नै भेदभाव गर्छ, त्यस्तो घरमा पनि लक्ष्मी वास गर्दिनन् । न त उसको ब्यापारमा कुनै राम्रो हुन्छ ।

७. जो ब्यक्ति पुजाको समयमा कसैमाथि रिस गर्छ र आवश्यक रिसाउँछ । त्यसबाट पनि लक्ष्मी रिसाउँछिन् र अन्य देवता पनि उसको पुजा स्वीकार गर्दैनन् ।

८. जो ब्यक्ति भगवानलाई वासी फूल चढाउँछ, सफा सुग्घर रहदैंन्, सदैव दुर्गन्धित र फोहर रहन्छ । उसलाई देवी लक्ष्मी (धन, वैभव र ऐश्वर्य) हमेशा टाढा रहन्छन् ।

९. जो ब्यक्ति बर्जित दिनमा साँझको समयमा स्त्रीसँग सहवास गर्छ र दिनमा सुत्छ । परस्त्री र अर्काको धनमाथि नजर लगाउँछ । त्यस्तो ब्यक्तिको घरमा पनि लक्ष्मी कहिल्यै बास गर्दिनन् ।

१०. कपटी, चोर, खराब चरित्र भएको ब्यक्ति, दोस्रोको सम्पत्ति हड्पने ब्यक्तिको घरमा पनि देवी लक्ष्मी कहिल्यैं वास गर्दिनन् । गलत कामबाट धन कमाउनेहरुसँग लक्ष्मी प्रसन्न हुदिनन् ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : ४५ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४