२०८२, ३ माघ शनिबार

रसुवा भन्सारमा सीसी क्यामरा जडान

रसुवा भन्सारमा सीसी क्यामरा जडान


रसुवा, १८ पुस: भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सीसी क्यामरा जडानपछि सहज हुने छ । सामान जाँच स्थलदेखि टिमुरेको घट्टेखोलासम्म सीसी क्यामरा जडान गरी कार्यालय परिसरबाट थप निगरानी थालिएको हो ।

दैनिक सयाँैको सङ्ख्यामा मालवाहक सवारीसाधन र मानव चापका कारण सम्भावित चुहावट रोकी भन्सारलाई सुधारोन्मुख गर्न मद्दत पुग्ने अधिकृत खड्काले बताउनुभयो । राजश्व गस्ती तथा भन्सार सुरक्षा मजबुत पार्न सशस्त्र प्रहरी गुल्मको व्यवस्थाले सुरक्षामा थप मजबुत हुँदै गएको छ । चीनबाट आयात भएको सामग्री सरकारी मापदण्डअनुरूप छिटोछरितो परीक्षण गराउन आलोपालो हिसाबले ३० जाँचकी परिचालन गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ८ : १२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको