२०८२, १२ माघ सोमबार

पार्टी एकताको डाडुपन्यु सभापतिको हातमा छ : वरिष्ठ नेता पौडेल

पार्टी एकताको डाडुपन्यु सभापतिको हातमा छ : वरिष्ठ नेता पौडेल


गोरखा, १७ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताउनुभएको छ । आज नेपाल प्रेस युनियन गोरखाको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले आफू एकताको लागि प्रतिबद्ध रहेको बताउनुभयो । “म एकताका लागि पूर्ण रुपमा प्रतिबद्ध छु, अब एकतालाई साकार रुप दिने कुरा पार्टी सभापतिमा भरपर्छ”, उहाँले भन्नुभयो, “पार्टी एकताको डाडुपन्यु पार्टी सभापतिको हातमा छ ।”

सभापति शेरबहादुर देउवाले गर्ने व्यवहारले नै पार्र्टीलाई एकताबद्ध गर्न मद्दत पुग्ने बताउँदै उहाँले अहिलेसम्म पार्टीलाई एक बनाएर लैजान आफूले निरन्तर पहल गर्दै आइरहेको छ भन्नुभयो । वरिष्ठ नेता पौडेलले सभापतिको पक्षपात पूर्ण व्यवहारका कारण नै पार्टी कमजोर बन्दै गरेको आरोप लगाउँदै “पार्र्टीलाई एकताबद्ध बनाउन सहयोगका लागि म जहिले पनि तयार छु, अरु बाँकी काम पार्टी सभापतिको हो”, भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले विश्वमा भएका सबै विकास लोकतन्त्रका कारण मात्र सम्भव भएको बताउनुभयो । सरकारको नेतृत्व गरेको दलले सबै अधिकार प्रधानमन्त्रीमा लगेर थुर्पाने कोसिस गरिरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “जुन प्रणालीले देशलाई अहिलेको स्थितिमा ल्याएको छ, त्यसमा सबै इमान्दार भएर लाग्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले संविधानमा बहुलवादमा आधारित संसदीय प्रणाली मान्ने कुरा उल्लेख छ, त्यसमा कसैले तलमाथि गर्न पाउँदैन भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : ५१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै