२०८३, १ असार मंगलबार

‘एकै ठाउँमा हेर्न पाइन्छ उपत्यकाका सम्पदा’

‘एकै ठाउँमा हेर्न पाइन्छ उपत्यकाका सम्पदा’


काठमाडौँ, १७ पुस: मन्दिरै मन्दिरको शहरका रुपमा परिचित काठमाडौँका ऐतिहासिक तथा धार्मिक धरोहरमा तपाई कति घुम्नु भएको छ ? यदी छैन भने ति दृष्यहरु एकै ठाउँबाट देख्न पाइने अवसर नछुटाउनु होला । नेपाल कला परिषद्मा ‘मोमेन्ट्स वीथ हेरिटेज’ अन्तर्गत आजदेखि शुरु भएको चित्रकला प्रदर्शनीमा उक्त अवसर प्राप्त गर्न सकिन्छ । यो पनि जम्मा एक हप्ताका लागि । उपत्यकाका विभिन्न १५ स्थानका ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा समेटिएका ६६ चित्रकारका १६५ भन्दा बढी चित्र प्रदर्शनीमा राखिएका छन् ।

काठमाडौँ, भक्तपुर र पाटन दरबार स्क्वायर, स्वयम्भू, टेकु, गुहेश्वरी, चोभार, बुङ्मती, शङ्खमूल, ठिमी, चाँगुनारायण, खोकना, पुरानो गुहेश्वरी, चापागाउँको बज्रबाराही र बौधनाथ स्तुपाका सुन्दर दृष्यहरु प्रदर्शनीमा देख्न पाइन्छ । चित्रकारले सम्पदा र पुरातत्वका दृष्टिले अति महत्वपूर्ण मानिने लिच्छवी कालदेखिका कला–कौशल मन्दिर, स्तुपा र त्यस आसपासका सुन्दर दृष्य क्यानभासमा उतारेका छन् ।

कला प्रदर्शनीको अवलोकन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले उपत्यकालाई राम्रोसँग बुझन् सकिने गरी चित्रकला प्रदर्शन गरिएको बताउनुभयो । “उपत्यकाभित्रका सभ्यता, मठ–मन्दिर, दरबार राम्रो ढङ्गले प्रतिविम्वित भएका छन्,” नेता खनालले भन्नुभयो, “विकसित हुँदै आएको नेपाली परम्परा र बुद्धकालदेखिका कुरा प्रदर्शनीमा भेट्न सक्छौँ ।”

चित्रकार दिवेश प्रधान र राकेशचन्द्र श्रेष्ठले गएको भदौ १६ गते काठमाडौँको हनुमानढोकाबाट ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ शुरु गर्नुभएको थियो । उक्त अभियान विस्तार हुँदै १५ औँ शृङ्खलासम्म कोरिएका चित्रको सङ्गालो हो, आजको चित्रकला प्रदर्शनी । शुरुआती चरणमा दुई व्यक्तिबाट थालिएको अभियानमा चित्रकार दिपेन्द्रमान वनेपाली, केशवराज खनाल, रामकृष्ण थापा पनि सरिक हुनुभयो । विस्तारै अरु चित्रकार पनि त्यसमा सहभागी भएका थिए ।

स्वतफूर्त रुपमा चित्रकार सहभागी भएर फेसबुकमार्फत मतदानका आधारमा हरेक शनिबार स्थान चयन गरी कार्यशालामा चित्रकार सहभागी हुन्थें । १५औँैं शृङ्खलासम्म चित्रकारले वर्तमान उपत्यकाका धरोहर उजिल्याएका छन् । चित्र अवलोकनपछि राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारीले भन्नुभयो, “कलाकारले कला निर्माण गर्दा सम्पदाको निर्माण गरेको हुन्छ, चित्रकोर्दा संरक्षणसमेत गरिरहेका हुन्छन्, यो प्रदर्शनी हेर्दा त्यो बुझिन्छ ।”

सम्पदाको निर्माण, त्यसको संरक्षण र प्रचारमा कलाकार स्वयं जुटेको यो अद्भूत अवसर भएको बताउँदै अध्यक्ष अधिकारीले यसले हाम्रा पुर्खाका कला कौशललाई अगाडि ल्याउन मद्दत गरेको उल्लेख गर्नुभयो । राससले यस अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले दक्षिण एशियाको कतिपय कला कहिलेकाही अभद्र रुपमा प्रस्तुत हुने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले उपत्यका केन्द्रीत मात्रै नगरी कर्णालीका सिञ्जा र दुल्लु जस्ता स्थानको दृष्यसमेत उतार्न चित्रकारलाई आग्रह गर्नुभयो ।

संस्कृतिविद् प्रा डा प्रेमकुमार खत्रीले चित्रमा मन्दिरका दृष्य केन्द्रित भएकोमा खुसी व्यक्त गर्दै जनजीवनका चित्र उतार्नसमेत आग्रह गर्नुभयो । मूर्त चित्रमा गाँसिएका अमूर्तलाई समेत उजागर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शनिबारीय स्थलगत चित्रकला कार्यशालामा आफू पनि पटकपटक सहभागी भएको अनुभव सुनाउँदै ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति केके कर्माचार्यले चित्रकारको यो अभियानले सम्पदालाई सुरक्षा गरेको धारणा व्यक्त गर्नुभयो ।

यस्ता अभियानले सम्पदा कुन अवस्थामा छ भन्ने कुराको जानकारी गराउने बताउँदै उहाँले कलाको विकासमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । १५औँ शृङ्खलासम्मका मुख्य अभियानकर्मी दिवेश प्रधानले शुरुआती क्षणदेखिका अनुभव सुनाउँदै यती ठूलो प्रदर्शनी हुन्छ भने आफूले नसोचेको र यस कार्यक्रमले थप हौसला मिलेको बताउनुभयो । शुरुमा दुई जनाबाट अभियान थालिए पनि यसमा क्रमश चित्रकार थपिदै गएका थिए । अहिले उपत्यका बाहिरका जिल्लामा समेत ‘स्थलगत चित्रकला कार्यशाला’को अभियान शुरु भएको र आजको प्रदर्शनीमा केही जिल्लाका चित्रसमेत समावेश भएको प्रधानले जानकारी दिनुभयो । एक हप्तासम्म प्रदर्शनी चल्ने छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : ४० बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई