२०८२, ४ भाद्र बिहीबार

माघे सङ्क्रान्तिमा दुई दिन सार्वजनिक बिदा

माघे सङ्क्रान्तिमा दुई दिन सार्वजनिक बिदा


रुपन्देही, १७ पुस : प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्य रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ । प्रदेशस्तरीय नेपाल मगर सङ्घ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बङ्गुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत रहेको अञ्चल अस्पतालको नामकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको छ । सो प्रस्ताव पारित भएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय रहनेछ । त्यसैगरी बैठकले प्रदेश तथ्याङ्क सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश खानी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : २६ बजे

सिन्धुलीमा अनेमसंघको भव्य तीज कार्यक्रम, महिला नेतृहरु उत्साहित

सिन्धुली । नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीले

तीजलाई एकता र सशक्तीकरणको पर्वका रूपमा मनाउनुपर्छ : सचिव अर्याल

काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यम अर्यालले तीज पर्वलाई

जापानबाट ३० अर्ब ८ करोड ऋण सहायता स्वीकार, मन्त्रिपरिषद्का २५ निर्णय सार्वजनिक

काठमाडौं । नेपाल सरकारले जापान सरकारबाट करिब ३० अर्ब ८

देउवाको दाबी : ‘चुनाव कहिल्यै हारेको छैन, प्रधानमन्त्री जनताले बनाएका हुन्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले

गौर हत्याकाण्ड र उपनिर्वाचनबारे छलफल गर्न संघीय मोर्चाको आकस्मिक बैठ

काठमाडौं । गौर हत्याकाण्डमा सर्वोच्च अदालतले अनुसन्धान गर्न परमादेश जारी