२०८२, २५ कार्तिक मंगलबार

अब अनलाइनबाटै वरबधूको खोजी, कसरी खोज्ने ?

अब अनलाइनबाटै वरबधूको खोजी, कसरी खोज्ने ?


काठमाडौँ, १७ पुस : के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । www.myswayambar.com नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको आज यहाँ शुभारम्भ गरेपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन भर्ने, आफूलाई चित्त बुझ्ने योग्यता भएका वरबधुको खोजी गर्न सक्ने भएको हो ।

नेपालीमा ‘मेरो स्वयम्बर’ नाम दिइएको सो अनलाइन पोर्टलको मुख्य उद्देश्य सनातन नेपालीको बैद्धिक परम्परा जगेर्ना गर्नुका साथै धार्मिक अनुष्ठानलाई सहज, सरल तथा सुखमय दाम्पत्य जीवन बनाउने तथा ज्योतिषी, वास्तु परामर्श दिने रहेको ‘गुरु मञ्जरी’ नामक संस्थाले जनाएको छ । सो अनलाइन पोर्टल नेपालका संयोजक मुकुन्द शर्माले सम्बन्धित देशको प्रचलित कानूनअनुसार वैवाहिक कानूनभित्र रहेर स्वतन्त्रता र गोपनीयतालाई उच्च सम्मान गर्दै विवाह गराउन मान्यताप्राप्त योग्य व्यक्तिबाट वरबधू खोजिदिने जानकारी दिनुभयो ।

त्यस अनलाइनको शुभारम्भ गर्दै राष्ट्रियसभाका सदस्य कोमल ओलीले नेपालको कला, संस्कृति तथा धर्मले नै मुलुकलाई पहिचान गरिरहेकाले यसलाई युवावर्गमा लानुपर्नेमा जोड दिनुभयो । उहाँले आफू कम्युनिष्ट पार्टीमा लागेको भए पनि हिन्दू धर्म, संस्कारमा अडिग रहेको बताउँदै हिन्दू धर्ममा गरिने यज्ञ तथा कर्मकाण्डले नै हिन्दू धर्मलाई जोगाइराखेको प्रष्ट पार्नुभयो । वरबधू खोजीमा रहेका व्यक्तिले उक्त वेबसाइटमा गएर आफूले खोजेको योग्यता पुगेको व्यक्तिको सूचना ग्रहण गर्ने, आफ्नो निवेदन दर्ता गर्ने र आफूले दिनुपर्ने सूचना दिएपछि पोर्टलका कर्मचारीले सुहाउँदो वरबधूको खोजी गरी निवेदकलाई सूचना दिइने जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : १४ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य