२०८२, २२ फाल्गुन शनिबार

काभ्रेको रोशी र तेमाल गाउँपालिकाले लत्याए केन्द्र सरकारको निर्णय

काभ्रेको रोशी र तेमाल गाउँपालिकाले लत्याए केन्द्र सरकारको निर्णय


काठमाण्डौ, १७ पुस : काभ्रेका दुई स्थानीय तहले केन्द्रीय सरकारको निर्णयलाई अवज्ञा गरेका छन् । सार्वजनिक विदा कटौती गर्ने केन्द्रीय सरकारको निर्णयलाई जिल्लाको तेमाल र रोशी गाउँपालिकाले अवज्ञा गरेका हुन् ।

स्थानीय तहले जनतालाई दिने सबै सेवा सुविधा समेत ठप्प पार्दै विदा कार्यान्वयन गर्ने तयारी गरेपछि केन्द्र र स्थानीय सरकारको विदा सम्बन्धी मत बाझिएको छ ।
यी स्थानीय तहले आगामी पुस २१, २२ र २३ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् । यो निर्णयले शैक्षिक संस्था, स्वास्थ्य, कृषि लगायत स्थानीय सरकारसँग सम्बन्धित सबै कामकाज बन्द हुनेछन् ।

सार्वजनिक विदा धेरै भएर सेवाग्राहीले सरकारी सेवा सुविधा पाउनबाट आम नागरिक बञ्चित भएकाले केन्द्रीय सरकारले केही सार्वजनिक विदालाई कटौती गरेको एक वर्ष पनि बित्न नपाउँदै स्थानीय तहका सरकारहरुले आफूखुसी विदा घोषणा गर्न थालेका छन् ।

सरकारले करिब नौ महिनाअघि मन्त्रीस्तरीय निर्णय गरी यस अघिका सार्वजनिक विदान मध्ये १२ दिन कटौती गरेको थियो । मन्त्री परिषद्ले विभिन्न जाति, धर्म र भेग विशेषलाई मात्र विदा दिने निर्णय गरेको थियो । त्यस अन्तर्गत ल्होछार, क्रिसमस, छठ, मागी संग्रान्ती मात्रै होइन गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, शहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस लगायतका दिनहरुमा दिंदै आएको सार्वजनिक विदालाई कटौती गरेको सरकारी निर्णय अहिले कार्यान्वयनमा छ ।

त्यस्तै दशैंको घटस्थापना, द्वादसी, कोजागत पूर्णीमा, रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णीमा, ऋषि पञ्चमीमा दिइने सार्वजनिक विदा पनि कटौतीमा परेका थिए ।

ल्होछारमा उक्त पर्व मान्ने सम्बन्धीत समुदायले विदा पाउनु स्वभाविक भए पनि काभ्रेको रोशी गाउँपालिका र तेमाल गाउँपालिकाले आफूले दिने सेवासमेत ३ दिन ठप्प पार्नु प्रचलित नियम कानुन विपरित भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलिया बताउँछन् ।

काभ्रेको १३ स्थानीय तहमा विभिन्न जातजातिको बसोबास छ । सांस्कृतिक पर्व सोनम लहोसारका लागि काभ्रेको तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदालाई कार्यपालिकाको बैठकबाटै स्वीकृत गरेको स्थानीय तहका प्रमुखहरु सलामसिं तमाङ र दलबहादुर लामा बताउँछन् ।

रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले ल्होछारलाई उत्सवका रुपमा मनाउन गाउँपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिएको रोशीसँगको फोन सम्बादमा बताए । रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ, उनले भने ‘संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा ल्होछार पर्वमा सार्वजनिक विदा दिएका हौं ।’

तर सरकारले भने यसै वर्षदेखि तामाङ, शेर्पा र गुरुङ जातिले मनाउने ल्होछार पर्वको सार्वजनिक बिदा कटौती गरेको थियो । उता संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलिया भने यसरी स्थानीय तहले आफूखुसी विदा स्वीकृत गर्ने अधिकार नभएको बताउँछन् ।

तेमाल गाउँपालिकाका प्रमुख सलासिं तामाङ आफ्नो गाउँपालिकामा तामाङ समुदायको बाहुल्य बसोबास रहेकाले विदा दिने निर्णय गरेको बताउँछन् । रोशी साप्ताहिकसँगको फोन सम्वादमा उनले भने, तामाङ समुदायले सोनम ल्होछारलाई मुख्य सांस्कृतिक पर्वको रुपमा मनाउने प्रचलन रहेकाले बिदा दिने निर्णय गरेका हौं ।

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ७ : २२ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको