२०८३, १ असार मंगलबार

२०१८ को उपलब्धीः विश्वको ध्यान नेपालमा

२०१८ को उपलब्धीः विश्वको ध्यान नेपालमा


काठमाडौँ, पुस १७: आजदेखि अंग्रेजी पात्रो फेरिएको छ । २०१९ मा भित्रिएसँग देशभित्र स्थायित्वको संकेत त देखिएको छ नै, अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ठूला उपलब्धि हासिल भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । बितेको वर्ष विश्वको आँखा नेपालमाथि अझ परेको देखिन्छ ।

यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रका रुपमा नेपालको परिचय स्थापित हुँदै छ । यो नेपालको लागि सुखद् हो । तर, त्यो जिम्मेवारी नेपालले थेग्न सकेन भने विश्व राजनीतिको खेलमा नेपाल पिसिनसक्ने जोखिम पनि उत्तिकै छ ।यस वर्ष नयाँ संविधानको जगमा अडिएर निर्वाचन सम्पन्न भयो । त्यसपछि बनेको सरकारले राजनीतिक स्थायित्वको संकेत गरेको छ । जनताले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक सत्ता सञ्चालनको बागडोर सुम्पेका छन् ।

विश्वमा कम्युनिस्ट सत्ता हराउँदै गएको भनिएको बेला चुनावबाटै नेपालमा कम्युनिस्ट गठबन्धनको सरकार बन्यो । निर्वाचनमा सहकार्य गरेको नेकपा एमाले र माओवादी अन्ततः एक भए । वर्षको अन्त्यमा अमेरिकाले परराष्ट्रमन्त्रीलाई निम्त्याएर औपचारिक वार्ता गर्‍यो । दुईपक्षीय कुटनीतिक सम्बन्धको सात दशकमा यो पहिलो पटक अमेरिकाले नेपाललाई यसरी महत्व दिएको हो । यसलाई सरकारले वर्षकै मुख्य सफलताको रुपमा लिएको छ ।

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : ०० बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई