२०८२, १७ मंसिर बुधबार

नगरपालिकाकाको कार्यकक्षमै कुटिए पराजुली

नगरपालिकाकाको कार्यकक्षमै कुटिए पराजुली


लमजुङ, १६ पुस : जिल्लाको सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुली कार्यकक्षमै कुटिएका छन् । युवा संघ सुन्दरबजारका उपाध्यक्ष नवीन श्रेष्ठले नगरपालिकाका लेखापाल पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेका हुन् । सुन्दरबजार अस्पतालको औषधीको टेण्डरको विषयलाई लिएर पटक–पटक लेखापाललाई धम्काउँदै आएका श्रेष्ठले सोमबार बिहान सवा ११ बजे कार्यालयमै पसेर कुटपिट गरेको पीडित पराजुली बताउँछन् । पराजुलीको अनुहारमा चोट लागेको छ । ‘नविनले मलाई नटेर्ने तैंले भनेर कुट्न थाले’ उनले भने, ‘अन्धाधुन्द कुटाईले मेरो शरीर थिलो थिलो भएको छ ।’ लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।

श्रेष्ठले लेखापालसँगै नगरपालिकाका नायब सुब्बा होमनाथ पौडेललाई समेत हातपात गरेका थिए । पराजुली गत फागुनदेखि सुन्दरबजार नगरपालिकामा लेखापालको रुपमा कार्यरत छन् । सुन्दरबजार अस्पतालले औषधीसम्बन्धी २६ लाख ५० हजार रुपैयाँ बराबरको टेण्डर आह्वान गरेको थियो । उपाध्यक्ष श्रेष्ठ अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले उक्त घटना अमाननीय भएको भन्दै घटनाको दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने बताए । घटनालाई लिएर निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन केन्दी्रय कार्य समितीका कार्यालय सचिव पुरुषोतम भट्टद्धारा हस्ताक्षर गरि जारी गरिएको प्रेस विज्ञप्ती मार्फत निज श्रेष्ठलाई कारबाहीको माग गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘निजामती कर्मचारीहरुको समायोजन प्रक्रिया समेत भइरहेको यस ऐतिहासिक समयमा नेपाल र नेपाली जनताको सेवामा कार्यरत निज लेखापालमाथि गरिएको अमानवीय जंगली शैलीप्रति यस समिती घोर आपत्ती प्रकट गर्दछ ।’

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ७ : ५४ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी