२०८२, २५ जेष्ठ आईतबार

एघार महीनामा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

एघार महीनामा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए


काठमाडौँ, १६ पुस : नेपाल पर्यटन बोर्डको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाइने भएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत गठन भएको बोर्डले दुई दशकको अवधिमा पर्यटन प्रवद्र्धनको कामलाई प्रभावकारी रुपमा अघि बढाएको छ । विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएरै बोर्डले २० वर्षको अवधिमा १० लाखभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको छ ।

सन् २०११ मा लिइएको यो लक्ष्य सन् २०१८ मा सार्थक भएको हो । बोर्डको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त वर्ष झण्डै १२ लाख पर्यटक पुग्ने अनुमान गरिएको छ । नेपाली पर्यटन इतिहासमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रनुले पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । यो उत्साहलाई अझ प्रभावकारी बनाउँदै सरकारले घोषणा गरेको सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक तुल्याउन बलपुग्ने सम्बद्ध अधिकारी बताउँछन् ।

सरकारले पनि यो उपलब्धीकै आधारमा आगामी प्रवद्र्धनात्मक कार्यक्रमलाई तीब्रता दिई पूर्वाधार विकास र सेवा गुणस्तर तथा नयाँ गन्तब्य पहिचान र प्रवद्र्धनका कामलाई योजनाबद्ध अघि बढाएको छ । बोर्डको २० औँ वार्षिकोत्सवमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले १० लाख पर्यटन भित्रिनु आफैमा पर्यटन क्षेत्रका लागि महत्वपूर्ण कोसेढुङ्गा हो भन्दै यसले आगामी यात्रालाई सहजता बनाउने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “दशकौअघि देखिको १० लाख पर्यटक भित्र्याउने सपना यस वर्ष पूरा भएको छ, यो सङ्ख्या आफैमा कोसेढुङ्गा हो ।” “अब नेपालको पर्यटन कहिल्यै पछाडि नफर्कने गरी अघि बढ्छ, यो उत्साहलाई थप ऊर्जाकासाथ पर्यटकीय सम्भावनालाई उजागर गरी सम्बन्धित सबै पक्षसँग सहकार्य गरेर प्रवद्र्धनात्मक गतिविधिलाई अघि बढाउनुपर्छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

उहाँले परिवर्तित समयानुसार बोर्डलाई गतिशिल बनाएर प्रवद्र्धनात्मक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न चुनौतीका बावजुद १० लाख पर्यटक पुग्नु पर्यटन क्षेत्रका लागि सुखद उपलब्धी भएको उल्लेख गर्दै यसले नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवद्र्धन गर्न तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कम लगानीमा चाडो प्रतिफल दिन, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि उच्च राख्न तथा धेरै समुदायलाई सहभागी गराएर वातावरणमैत्री व्यवसाय सञ्चालन गर्नसक्ने क्षेत्र पर्यटन नै भएकाले यसको विकास, विस्तार र प्रवद्र्धनका लागि सरकारले विशेष प्राथमिकता दिएको उहाँले बताउनुभयो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्षलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना बनाइएको उल्लेख गर्नुभयो । सो अवसरमा पत्रकार कृष्णा ताम्राकार र अमृत भादगाउलेलाई सम्मान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ७ : ३२ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक