२०८२, ३ माघ शनिबार

एचआईभी सङ्क्रमित बढ्दै

एचआईभी सङ्क्रमित बढ्दै


विदुर, १६ पुस: आज सार्वजनिक गरिएको एक तथ्याङ्कअनुसार नुवाकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या महीनैपिच्छे बढ्दै गएको पाइएको छ । एचआईभी सङ्क्रमितको पहिचान, हेरचाह र परामर्शमा क्रियाशील त्रिशुली प्लस संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा दुई हजार ५०० एचआईभी सङ्क्रमित रहेका छन् । जसमध्ये ३८८ जनाले एचआईभी सङ्क्रमण न्यूनीकरणको ‘एआरटी’ नामक औषधि नियमितरुपमा सेवन गरिरहेको संस्थाकी कार्यक्रम संयोजक पूजा भण्डारीले बताउनुभयो ।

एआरटी नामक औषधि नियमितरुपमा सेवन गर्नेमा ३० जना बालबालिका, १७४ महिला, १८४ पुरुष रहेका छन् । तीमध्ये १२१ जनाले जिल्ला अस्पताल त्रिशुलीबाट र अन्यले काठमाडौँबाट सो औषधि निःशुल्क लिई सेवन गरिरहेका छन् । समयमै उचित सावधानी नअपनाउँदा र खराब सङ्गतका कारण एचआईभी सङ्क्रमित बढिरहेको तथ्य फेला परेको त्रिशुली प्लसले जनाएको छ । संस्थाले एचआईभी÷एड्सलाई न्यूनीकरण गरी शून्यमा पु¥याउने लक्ष्य राखेको संयोजक भण्डारी बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ६ : ५२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको