२०८२, ३ माघ शनिबार

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल


कञ्चनपुर, १५ पुस: नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताउनुभएको छ । महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताउनुभयो । शङ्काको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग आज छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताउनुभयो ।

यस घटनालाई निकै गम्भीररुपमा लिएको चर्चा गर्दै उहाँले निकै गहनरुपमा अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो । प्रतिवेदन अध्ययनपछि केहीलाई विभागीय कारवाही भएको छ उहाँले भन्नुभयो, “केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेका छन् ।”
-रासस

प्रकाशित मिति : २०७५, १५ पुस आईतबार  ९ : २७ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको