२०८२, ३ माघ शनिबार

एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता

एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता


सुर्खेत , पुस १४ । दिउँसोको स्कुल छुट्टीमा कापी बिर्सियो भनेर घर आएर फर्केका बालिका सम्पर्कविहिन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन बालिका ४ दिनदेखि बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिम्ता गाउँपालिका– खानिखोलाका १४ वर्षीया निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिचिमा छन् ।

 

यमुना र निशा ९ मा अध्ययनरत हुन भने रिचिमा ७ कक्षामा मा अध्ययनरत छिन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो १ बजे टिफिनमा घर आएपछि कापी बिर्सिएँ भनेर स्कुल गएका छोरी हालसम्म घरमा फर्केका छैननन् ।उनीसँगै यमुना खत्री र रिसिमाका २ बहिनी पनि टिफिनमा निशाको घर आए फेरि स्कुल गएदेखी नफर्किएको उनको भनाइ छ । छोरीहरु बेलुकी घर नआएपछि आफन्तकहाँ सोध्दा नभेटिएपछि त्यही दिन राति प्रहरी चौकी आलीमा खबर गर्दा बेवास्ता गरेको भगवती बताउँछिन् ।

 

स्कुल पढाएका छोरीहरु एकाएक गायब हुँदा अनौठौ लागेको यमुना खत्रीकी आमा दीपाले जानकारी दिइन् । बुटवल फुपूको घर जाने भन्दै स्थानीय सल्लीबजारमा गाडी चालकहरुसँग उनीहरुले कुरा गरेको सुन्नमा आएको दीपाले बताइन् ।एकजना गाडी चालकले सल्लीबजारदेखि मेहलकुनासम्म उनीहरुलाई लिएर रात परेपछि आफ्नै घरमा राखेको खुलेको छ । तर उनीहरु बिहानै कसैलाई थाहा नदिइ हिँडेको चालक बताउँछन् । हाल प्रहरीले चालकलाईसमेत इलाका प्रहरी कार्यलय छिन्चुमा राखेर सोधपुछ गरिएको छ। हराएका बालिका निशा र यमुनाका बुवा हाल रोजगारीका लािग भारतमा छन् । निशाका बुवा गणेश सिंहले हराएका छोरीहरुको खोजी गरिदिन अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७५, १४ पुस शनिबार  ७ : १६ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको