२०८२, २४ चैत्र बुधबार

एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता

एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता


सुर्खेत , पुस १४ । दिउँसोको स्कुल छुट्टीमा कापी बिर्सियो भनेर घर आएर फर्केका बालिका सम्पर्कविहिन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन बालिका ४ दिनदेखि बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिम्ता गाउँपालिका– खानिखोलाका १४ वर्षीया निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिचिमा छन् ।

 

यमुना र निशा ९ मा अध्ययनरत हुन भने रिचिमा ७ कक्षामा मा अध्ययनरत छिन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो १ बजे टिफिनमा घर आएपछि कापी बिर्सिएँ भनेर स्कुल गएका छोरी हालसम्म घरमा फर्केका छैननन् ।उनीसँगै यमुना खत्री र रिसिमाका २ बहिनी पनि टिफिनमा निशाको घर आए फेरि स्कुल गएदेखी नफर्किएको उनको भनाइ छ । छोरीहरु बेलुकी घर नआएपछि आफन्तकहाँ सोध्दा नभेटिएपछि त्यही दिन राति प्रहरी चौकी आलीमा खबर गर्दा बेवास्ता गरेको भगवती बताउँछिन् ।

 

स्कुल पढाएका छोरीहरु एकाएक गायब हुँदा अनौठौ लागेको यमुना खत्रीकी आमा दीपाले जानकारी दिइन् । बुटवल फुपूको घर जाने भन्दै स्थानीय सल्लीबजारमा गाडी चालकहरुसँग उनीहरुले कुरा गरेको सुन्नमा आएको दीपाले बताइन् ।एकजना गाडी चालकले सल्लीबजारदेखि मेहलकुनासम्म उनीहरुलाई लिएर रात परेपछि आफ्नै घरमा राखेको खुलेको छ । तर उनीहरु बिहानै कसैलाई थाहा नदिइ हिँडेको चालक बताउँछन् । हाल प्रहरीले चालकलाईसमेत इलाका प्रहरी कार्यलय छिन्चुमा राखेर सोधपुछ गरिएको छ। हराएका बालिका निशा र यमुनाका बुवा हाल रोजगारीका लािग भारतमा छन् । निशाका बुवा गणेश सिंहले हराएका छोरीहरुको खोजी गरिदिन अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७५, १४ पुस शनिबार  ७ : १६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि