२०८३, २ असार बुधबार

१८ वर्षीया किशोरीलाई सानिमाले तातो पन्यूँले डामे पछि …

१८ वर्षीया किशोरीलाई सानिमाले तातो पन्यूँले डामे पछि …


काठमाडौं, पुस १४ । ‘म आन्टीको घरमा बस्थेँ। उहाँकी सानी छोरी बिरामी भई। आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो। आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्नुभयो। आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो। मैले हारगुहार गरेँ। आमाले पनि केही भन्नुभएन। मलाई कसैले बचाएनन्।’

यो कुनै कथाकी पात्रको भनाइ होइन। सुर्खेत वीरेन्द्रनगर-२ की १८ वर्षीया अमृता बुढाको पीडा हो। बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपीट भएको छ। शरीरभरी तातो पन्यूले डामिएको छ। अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन। एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ। पीडितकै आमा समेत ‘घरभित्रको कुरा मिलाउने पक्षमा’ छिन्। प्रहरीले कुटपीटमा संलग्न दुई जनालाई पक्रेको छ।

अमृता सिलाइकटाइको तालिम लिइरहेकी थिइन्। उनी वीरेन्द्रनगर-७ इत्राममा रहेकी सानीआमा कृष्णा काफ्लेको घरमा बस्दै आएकी थिइन्। केही दिनअघि कृष्णाकी तीन वर्षीया छोरी बिरामी परिन्। अमृताले बोक्सी लगाएकै कारण छोरी बिरामी परेको भन्दै कृष्णाले उनलाई कुटेको र डामेको प्रहरीले जनाएको छ।

तातो पन्यूँले डाम्दा अमृताको अनुहार, मुख, गोडा र ढाड पोलिएको छ। कृष्णाले आइतबार अमृताकी आमा टीका बुढालाई घरमा बोलाएर उनकै सम्मुख अमृतामाथि ज्यादति गरेकी थिइन्। घाइते छोरीलाई टीकाले चुपचाप घर लगिन्। छोरीको अवस्था गम्भीर देखेपछि बुबा लुन बुढाले सोमबार मात्र अमृतालाई अस्पताल भर्ना गरे। पाँच दिनको उपचारपछि अमृतालाई शुक्रबार डिस्चार्ज गरिएको छ। अस्पतालबाट निस्केपनि अमृता हिँडडुल गर्ने अवस्थामा छैनन्। शरीरको अधिकांश भाग पोलिएका कारण अमृता उठ्न र बस्न सक्दिनन्। घाउमा कपडा टाँसिएकाले उनी पीडा झेलिरहेकी छन्।

‘न्याय चाहन्छु’
घाइते अमृताले आफूमाथि अत्याचार भएको बताइन्। तर घटना आफन्तबीचको भएकाले मिलाउने कोशिस भइरहेको छ। ‘मेरैअगाडि छोरीमाथि कुटपीट भयो, मसान चढेको भन्दै बहिनीले कुटिन्,’ अमृताकी आमा टीका भन्छिन्, ‘तर यो घरभित्रको कुरा हो। अब यसलाई मिलाउनुपर्छ।’ मिलाउने प्रयास भएकोमा अमृता चिन्तित छिन्। ‘मलाई न्याय चाहिएको छ,’ उनले दुःखेसो गरिन् ‘ममाथि यत्रो अत्याचार हुँदा पनि मिलाउन खोजिँदैछ।’

कुटपिटमा संलग्न कृष्णा र उनका पति कृष्णप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ‘हामीले दुई जनालाई पक्राउ गरेका छौं, बोक्सीको आरोपमा अमृतामाथि कुटपीट भएको पाइएको छ,’ डीएसपी प्रतापबहादुर क्षत्रीले भने, ‘उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ। पीडित किशोरीलाई न्याय दिलाउन हामी प्रतिबद्ध छौं।’ उनले परिवारभित्रको घटना भन्दैमा पीडितले न्याय नपाउने र दोषीमाथि कानुनी कारबाही नहुने अवस्था आउन नदिने उनले बताए। ‘कानुनी कारबाही अगाडि बढिसकेको छ, दोषीलाई कारबाही हुन्छ,’ उनले भने।यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १४ पुस शनिबार  ७ : ०९ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई