२०८२, ३१ भाद्र मंगलबार

घूस लिएको अभियोगमा विद्युत् प्राधिकरणका तीन कर्मचारी पक्राउ

घूस लिएको अभियोगमा विद्युत् प्राधिकरणका तीन कर्मचारी पक्राउ


काठमाडौँ, १३ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका अनुसार प्राधिकरण नोलाइट शाखा काठमाडौँ, मूलपानीका सहयोगीद्वय हस्तबहादुर थापामगर, काले थापामगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनी समेतले जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा घूस माग्दामाग्दै पक्राउ गरिएको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार प्राधिकरणका तीन कर्मचारीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

यस्तै आयोगले रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ को अन्जनी बानियाँको नाममा रहेको जग्गा हाल साबिक गर्दा सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा घुसाई अनियमितता गरेको आरोपमा नापी कार्यालय भैरहवाका नापी अधिकृत घनश्याम दुवे र नापी सर्वेक्षक शौकात अली खाँ लगायतले भ्रष्टाचार गरेको अभियोगमा आज मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय भैरहवाका नासु बलराम श्रेष्ठ र वडा सचिव धनेशचन्द्र गुरुङ समेतको मिलेमतो देखिएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ । यस्तै बर्दिया, राजापुर नगरपालिका–१० का वडा सदस्य उत्तम चौधरीले रु दुई लाख ५० हजार घूस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ । क्रसर उद्योगको दर्ता गर्न सिफारिश तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग घुस माग्दा माग्दै आयोगको नेपालगञ्ज क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ पुस शुक्रबार  ६ : ३२ बजे

बलिदानको धुवाँले झस्काएको राष्ट्र

देश फेरि एक पटक आँसु, आक्रोश र अपेक्षाको दोभानमा उभिएको

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पर्यटन मन्त्रालयको नेतृत्वका लागि चार नाम चर्चामा, को बन्ला मन्त्री ?

काठमाडौँ । देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं