२०८२, ३१ भाद्र मंगलबार

क्षुद्रग्रह खोज अभियान शुरु

क्षुद्रग्रह खोज अभियान शुरु


काठमाडौँ, १३ पुस : ‘राष्ट्रव्यापी क्षुद्रग्रह खोज अभियान’ अन्तर्गत काठमाडौँ उपत्यकाका २० विद्यालयका ३० समूहले मङ्गल र बृहस्पति ग्रहकाबीच क्षुद्रग्रह एवं पृथ्वी नजीक रहेका वस्तुको खोजी शुरु गरेको छ । आजदेखि शुरु भएको खोज माघ ९ गतेसम्म जारी रहनेछ । खोजमा पाँच सामुदायिक र १५ संस्थागत विद्यालय सहभागी भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

अभियानका सहभागीले अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम अर्थात् प्यान्स्टार्सले खिचेका तस्बीरमा क्षुद्रग्रहको खोज गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

खोज्ने क्रममा कुनै क्षुद्रग्रह पत्ता लागेमा खोजकर्ताको नाममा अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनमा दर्ता हुनेछ । हाल प्यान्स्टार्सका एक दशमलव आठ मिटरका दुई वटा टेलिस्कोप सञ्चालनमा छन् । नेपालमा माध्यमिक (कक्षा ९–१२) विद्यालयस्तरमै अनुसन्धानात्मक काममा रुचि जगाउने कार्यक्रमको उद्देश्य छ । खोज सामूहिक प्रयास भएको बुझाउन अभियान थालिएको सोसाइटीले जनाएको छ । सहभागीका लागि पुस १५ र १६ गते विशेष तालीमको व्यवस्था गरिएको छ ।

अभियानसम्बन्धी थप जानकारीका लागि धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचनरबकतभचयष्मकभबचअज बाट जानकारी लिन सकिने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ पुस शुक्रबार  ६ : २९ बजे

बलिदानको धुवाँले झस्काएको राष्ट्र

देश फेरि एक पटक आँसु, आक्रोश र अपेक्षाको दोभानमा उभिएको

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पर्यटन मन्त्रालयको नेतृत्वका लागि चार नाम चर्चामा, को बन्ला मन्त्री ?

काठमाडौँ । देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं