२०८२, १७ मंसिर बुधबार

सुगन्धित तेल क्यामोमाइल उत्पादन

सुगन्धित तेल क्यामोमाइल उत्पादन


कञ्चनपुर, १२ पुस: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चार वटा जडीबुटी उद्योगमा आबद्ध किसानले रु १७ लाख ४० हजार २२० बढीको क्यामोमाइलको तेल उत्पादन गरेको छ । सन् २०१८ को डिसेम्बरसम्म चार वटा जडीबुटी उद्योगमा आबद्ध ४६ परिवारले ३४ दशमलव २४ किलोग्राम सुगन्धित तेल क्यामोमाइलको उत्पादन गरेका हुन् । ती परिवारले २०९ कट्ठा क्षेत्रफलमा क्यामोमाइल खेती गरेका छन् ।

नगरपालिका–६ कसरौलस्थित आकाशदीप जडीबुटी उद्योगबाट रु तीन लाख २५ हजार, वडा नंं ७ जुडास्थित शिखर जडीबुटी उद्योगबाट रु नौ लाख, वडा नं ८ बेलडाँडीस्थित प्रगति महिला जडीबुटी उद्योगबाट रु चार लाख ६३ हजार २२० र वडा नं १२ तिलकीस्थित नवज्योति जडीबुटी उद्योगबाट रु ५२ हजार बराबरको क्यामोमाइलको तेल उत्पादन भएको निड्सका सामाजिक परिचालक कमल विकले जानकारी दिनुभयो ।

समूहमा आबद्ध भई क्यामोमाइल खेतीमा लागेकाका लागि निड्स कञ्चनपुरले बेलायती सहयोग नियोग (युके एड)को सहयोगमा सञ्चालन गरेको अनुकूलन परियोजना एक्सअन्तर्गत दुई वटा उद्योग मर्मतका लागि रु एक लाख ३० हजार र रु एक लाख घुम्ती कोषका लागि प्रदान गरिएको छ, उहाँले भन्नुभयो, “अन्य दुई उद्योग स्थापनाका लागि रु पाँच लाख २० हजार र घुम्ती कोषका लागि रु एक लाख रकम प्रदान गरिएको छ ।”

जडीबुटी खेतीमा संलग्न किसान कालुसिंह ठगुन्नाले जडीबुटी खेतीलाई छाडा चौपाया र जङ्गली जनावरले नखाने भएकाले यस खेतीलाई निरन्तरता दिएको बताउनुभयो । “तरकारी र अन्न उत्पादनभन्दा क्यामोमाइल खेतीबाट धेरै गुणा बढी आम्दानी थोरै मिहेनतमा हात पर्न थालेपछि किसान यस खेतीप्रति उत्साहित भएर लागेका छन्” उहाँले भन्नुभयो । उहाँका अनुसार क्यामोमाइलको तेल प्रतिकिलो रु ५६ हजार बढीका दरमा बिक्री भएको छ ।

जडीबुटी उद्योगमा संलग्नलाई समूहमा आबद्ध गराई पुर्नताजकीय र गुणस्तर व्यवस्थापन तालीम प्रदान गरी आत्मनिर्भर बनाउने कार्य गरिएको निड्सका फिल्ड सुपरभाइजर रवीन्द्र देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार जडीबुटी खेतीमा संलग्नका लागि बजार व्यवस्थापन, खेती प्रविधि सुधार, पोष्ट हारर्भेष्ट, किसान र व्यापारीबीच समन्वय बैठकलगायतका कार्य गरिएका छन । जसबाट जडीबुटीमा संलग्नले सहजै उत्पादन लिनेदेखि बजारमा बेच्न सकेको उहाँले बताउनुभयो । जडीबुटी खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेपछि स्थानीय किसानले नयाँ उद्योग थप्नका लागि नगरपालिका कार्यालयसँग मागसमेत गरेका छन् । चुरे क्षेत्र नजिकका बासिन्दाको राम्ररी अन्न उत्पादन नहुने खेत हाल जडीबुटीले हराभरा भएका छन् । आम्दानी गतिलो हुन थालेपछि मजदूरीका लागि भारत जाने पनि खेतमा जडीबुटी रोप्नमा व्यस्त भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ७ : १४ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी