२०८२, २४ कार्तिक सोमबार

वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती

वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती


रौतहट, १२ पुस: कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवालाई खेतीबाटै लाखौँको आम्दानी गरेर एकजना किसानले चुनौती दिएका छन् । स्थानीय मौलापुर नगरपालिकाका एकजना किसानले व्यावसायिकरुपमा मेवा र कुरिलो खेती गरी मासिक लाखौँ रुपैयाँ कमाएर वैदेशिक रोजगारीमा जानेलाई चुनौती दिएका हुन् ।

मौलापुर नगरपालिका–८ सोनरनियाका किसान रामेश्वर पण्डितले ठूलो परिमाणमा मेवा र कुरिलो खेती गरी मनग्य आम्दानी गर्न शुरु गरेका छन् । मोबाइल युट्युबमार्फत सबै जानकारी लिएर थोरै जग्गामा शुरु गरेको कुरिलो खेतीबाट मनग्य आम्दानी देखेर उनले खेती विस्तार गरेका हुन् । पहिलो वर्ष आफ्नो पुस्तैनी १० कट्ठा जग्गामा कुरिलो खेती गरेर प्रतिकट्ठा ५० हजारको आम्दानी गरेपछि यस पटक चार बिघा जग्गामा खेती विस्तार गरेको किसान रामेश्वर पण्डितले बताउनुभयो । प्रतिकट्ठा वार्षिक रु दुई हजार पाँच सयमा भाडामा लिएर यस पटक दुई बिघा उन्नत जातको मेवा र दुई बिघा कुरिलो खेती गरेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँबाट कुरिलो र भारतीय बजारबाट उन्नत मेवाको बीउ खरीद गरेर खेती शुरु गरेको किसान पण्डितले बताउनुहुन्छ । रोपेको सात महीनामा फलाएर प्रतिकिलो मेवा ११० सम्ममा करीब २५ क्विन्टल काठमाडाँैमा बिक्री गरिसकेको उहाँले बताउनुभयो । दुई बिघा मेवा र दुई बिघा कुरिलो खेती गर्न हालसम्म झण्डै रु १५ लाखको लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन हुने मेवा र कुरिलोको बजार राजधानी काठमाडौँ र पोखरा बजारमा ठूलो माग रहेको उल्लेख गर्दै उहाँले ढुवानी गर्न भाडा निकै महँगो भएको हुँदा आफैँले पिकअप भ्यान खरीद गर्ने योजनामा रहेको जानकारी दिनुभयो । जिल्लामै पहिलो पटक व्यावसायिकरुपमा मेवा र कुरिलो खेतीको शुरुआत गर्दा पनि सरकारीस्तरबाट कुनै सहयोग पाउन नसकेको गुनासो किसान पण्डितको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ७ : ०३ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य