२०८२, ४ भाद्र बिहीबार

निकुञ्जलाई प्लाष्टिक मुक्त घोषणा गरिँदै

निकुञ्जलाई प्लाष्टिक मुक्त घोषणा गरिँदै


चितवन, १२ पुस: चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गरिने भएको छ । यही जनवारी १ अर्थात् पुस १७ गते बृहत् कार्यक्रमको आयोजना गरी निकुञ्जलाई प्लाष्टिक मुक्त घोषणा गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार प्लाष्टिकले वन र वन्यजन्तुमा नकारात्मक असर परेपछि झण्डै दुई वर्षयताको गृहकार्य गरी प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गर्न लागिएको हो । वन तथा वातावरण मन्त्री, सचिव, सांसद, निकुञ्जसँग जोडिएका महानगरपालिका र नगरपालिका प्रमुख, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक, पर्यटन व्यवसायी, सरोकारवाला र स्थानीयको सहभागितामा विशेष कार्यक्रमको आयोजना गरी प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गर्न लागिएको ढकालले बताउनुभयो ।

सो पश्चात निकुञ्ज प्रवेश गर्ने जो कोहिले प्लाष्टिकजन्य वस्तु लैजानु पर्दा दर्ता गराएर मात्रै लैजान पाउने छन् । फर्किदा भित्र लगेको प्लाष्टिकजन्य वस्तु बाहिर ल्याउनुपर्ने छ । यसका लागि सिमित रकम धरौटीको रुपमा राख्नुपर्ने व्यवस्था गरिँदै छ । मानव स्वास्थ्यमा असर पार्ने प्लाष्टिकमा राखिएका खाद्यान्न लैजान प्रतिवन्ध लगाइने भएको छ । सुरक्षा पोष्टमा कपडाका झोला राखेर निकुञ्ज प्रवेश गर्नेको सामग्री सोही झोलामा राखेर पठाउने व्यवस्था पनि गरिँदै छ ।

ढकालका अनुसार विकल्प बन्दै गएपछि निकुञ्जभित्र दर्ता गराएर पनि प्लाष्टिकजन्य वस्तु प्रवेश नै निषेध गराइँदै छ । घोषणा अघि मध्यवर्तीका बासिन्दा, नेपाली सेना, निकुञ्ज कर्मचारीलगायतलाई प्रशिक्षण दिने काम भइरहेको उहाँले बताउनुभयो । स्थानीय सञ्चार माध्यममार्फत संदेश प्रवाहको काम पनि शुरु गर्न लागिएको ढकालले बताउनुभयो ।

प्लाष्टिक नकुहिने हुँदा यसको क्षणिक र दीर्घकालीन असर देखिन्छ । ढकालले वन्यजन्तुको पोष्टमार्टम गर्दा पेटमा प्लाष्टिक भेटिएको बताउनुभयो । प्लाष्टिक खाएर वन्यजन्तु मरेका, घाँसे मैदान र पानीका स्रोत प्रदुषित बनेका पाइएको छ । निकुञ्जको पहलमा राप्ती र नारायणी नदीमा वर्षेनी फोहर सङ्कलन गर्दा ठूलो मात्रामा प्लाष्टिक सङ्कलन गरिँदै आएको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रमा पनि प्लाष्टिकको जथाभावी प्रयोग नगर्न आग्रह गर्दै आएको छ । प्लाष्टिकले समग्र वातावरणलाई प्रदुषित तुल्याउँछ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ६ : ४० बजे

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् : परराष्ट्र मन्त्रालय

काठमाडौँ, भदौ ५ – नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी

गोरखामा बेपत्ता व्यक्ति मृत फेला, खोजीमा संलग्न अर्का स्थानीयको पनि ज्यान गयो

गोर्खा । गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा गएका व्यक्तिको

प्राथमिकतामा परेका योजनाहरू प्रविधिमार्फत सहज र प्रभावकारी हुने : मन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राथमिकतामा

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच पेसाकर्मी सेवासम्बन्धी सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी

असहमतिकै भीडमा शिक्षा विधेयक पारित, सत्ता साझेदार माओवादीकै विरोध

काठमाडौं । विद्यालय शिक्षा विधेयक लामो बहसपछि अन्ततः समितिबाट पारित