२०८२, २२ फाल्गुन शनिबार

निकुञ्जलाई प्लाष्टिक मुक्त घोषणा गरिँदै

निकुञ्जलाई प्लाष्टिक मुक्त घोषणा गरिँदै


चितवन, १२ पुस: चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गरिने भएको छ । यही जनवारी १ अर्थात् पुस १७ गते बृहत् कार्यक्रमको आयोजना गरी निकुञ्जलाई प्लाष्टिक मुक्त घोषणा गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार प्लाष्टिकले वन र वन्यजन्तुमा नकारात्मक असर परेपछि झण्डै दुई वर्षयताको गृहकार्य गरी प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गर्न लागिएको हो । वन तथा वातावरण मन्त्री, सचिव, सांसद, निकुञ्जसँग जोडिएका महानगरपालिका र नगरपालिका प्रमुख, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक, पर्यटन व्यवसायी, सरोकारवाला र स्थानीयको सहभागितामा विशेष कार्यक्रमको आयोजना गरी प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गर्न लागिएको ढकालले बताउनुभयो ।

सो पश्चात निकुञ्ज प्रवेश गर्ने जो कोहिले प्लाष्टिकजन्य वस्तु लैजानु पर्दा दर्ता गराएर मात्रै लैजान पाउने छन् । फर्किदा भित्र लगेको प्लाष्टिकजन्य वस्तु बाहिर ल्याउनुपर्ने छ । यसका लागि सिमित रकम धरौटीको रुपमा राख्नुपर्ने व्यवस्था गरिँदै छ । मानव स्वास्थ्यमा असर पार्ने प्लाष्टिकमा राखिएका खाद्यान्न लैजान प्रतिवन्ध लगाइने भएको छ । सुरक्षा पोष्टमा कपडाका झोला राखेर निकुञ्ज प्रवेश गर्नेको सामग्री सोही झोलामा राखेर पठाउने व्यवस्था पनि गरिँदै छ ।

ढकालका अनुसार विकल्प बन्दै गएपछि निकुञ्जभित्र दर्ता गराएर पनि प्लाष्टिकजन्य वस्तु प्रवेश नै निषेध गराइँदै छ । घोषणा अघि मध्यवर्तीका बासिन्दा, नेपाली सेना, निकुञ्ज कर्मचारीलगायतलाई प्रशिक्षण दिने काम भइरहेको उहाँले बताउनुभयो । स्थानीय सञ्चार माध्यममार्फत संदेश प्रवाहको काम पनि शुरु गर्न लागिएको ढकालले बताउनुभयो ।

प्लाष्टिक नकुहिने हुँदा यसको क्षणिक र दीर्घकालीन असर देखिन्छ । ढकालले वन्यजन्तुको पोष्टमार्टम गर्दा पेटमा प्लाष्टिक भेटिएको बताउनुभयो । प्लाष्टिक खाएर वन्यजन्तु मरेका, घाँसे मैदान र पानीका स्रोत प्रदुषित बनेका पाइएको छ । निकुञ्जको पहलमा राप्ती र नारायणी नदीमा वर्षेनी फोहर सङ्कलन गर्दा ठूलो मात्रामा प्लाष्टिक सङ्कलन गरिँदै आएको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रमा पनि प्लाष्टिकको जथाभावी प्रयोग नगर्न आग्रह गर्दै आएको छ । प्लाष्टिकले समग्र वातावरणलाई प्रदुषित तुल्याउँछ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ६ : ४० बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको