२०८२, ३ माघ शनिबार

स्याङ्जाबाट रु ४७ करोडको सुन्तला बिक्री हुने

स्याङ्जाबाट रु ४७ करोडको सुन्तला बिक्री हुने


वालिङ, १२ पुस : यस वर्ष स्याङ्जाबाट करिब रु ४७ करोडको सुन्तला बिक्री हुने अनुमान छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार एक हजार २४० हेक्टर क्षेत्रफलमा १४ हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन हुने र सोको बिक्रीबाट रु ४६ करोड ८१ लाख २९ हजार २४ स्याङ्जामा भित्रिने अनुमान छ ।

यस वर्ष स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये दुई हजार ९२५ मेट्रिक टन जिल्लाभित्रै खपत हुने र ११ हजार ७०३ मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यात हुने बागबानी विकास अधिकृत सुवेदीको भनाइ छ । गत वर्ष स्याङ्जामा एक हजार २५० हेक्टर क्षेत्रफलमा १३ हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसको बिक्रीबाट झण्डै रु ३६ करोड जिल्लामा भित्रिएको थियो ।

जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । यहाँका सुन्तला बुटवल, पोखरा र काठमाडाँैलगायतका बजारमा पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ६ : ३४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको