२०८२, २४ चैत्र बुधबार

स्याङ्जाबाट रु ४७ करोडको सुन्तला बिक्री हुने

स्याङ्जाबाट रु ४७ करोडको सुन्तला बिक्री हुने


वालिङ, १२ पुस : यस वर्ष स्याङ्जाबाट करिब रु ४७ करोडको सुन्तला बिक्री हुने अनुमान छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार एक हजार २४० हेक्टर क्षेत्रफलमा १४ हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन हुने र सोको बिक्रीबाट रु ४६ करोड ८१ लाख २९ हजार २४ स्याङ्जामा भित्रिने अनुमान छ ।

यस वर्ष स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये दुई हजार ९२५ मेट्रिक टन जिल्लाभित्रै खपत हुने र ११ हजार ७०३ मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यात हुने बागबानी विकास अधिकृत सुवेदीको भनाइ छ । गत वर्ष स्याङ्जामा एक हजार २५० हेक्टर क्षेत्रफलमा १३ हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसको बिक्रीबाट झण्डै रु ३६ करोड जिल्लामा भित्रिएको थियो ।

जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । यहाँका सुन्तला बुटवल, पोखरा र काठमाडाँैलगायतका बजारमा पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ६ : ३४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि