२०८२, ३ माघ शनिबार

काभ्रेको तेमालमा खुकुरी हानाहान, ३ जना घाइते

काभ्रेको तेमालमा खुकुरी हानाहान, ३ जना घाइते


तेमाल , पुस १२ : काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलमा खुकरी प्रहारबाट तीन जना युवाहरु सख्त घाईते भएका छन् । मंगलबार साँझ करिब ५ बजे स्थानीय रकम तामाङ र उनका दुई छोराले अन्धाधुन्दा खुकुरी र रड प्रहार गर्दा युवाहरु घाईते भएका हुन् ।

घाइते हुनेहरुमा सोही वडाका पाल्साङ तामाङ, बिकास तामाङ र अनिल तामाङ रहेका छन् । ठूलोपर्सेलको बसपार्कमा खाजा खाइरहेको बेला रकम उनका छोराहरु फिन्जु तामाङ र पाल्देन तामाङले उनीहरु माथि खुकुरी र रडले आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताए ।

स्थानीय पञ्चकन्य माविमा अध्ययनरत रकमको छोरा र अरु विद्यार्थीहरु बीचमा भएको झगडाको विषयमा पिडित युवाहरुले उनको कान्छो छोरासँग कुरा गर्दै गर्दा उनको बुबा र दाईले हतियार सहित आक्रमण गर्न आएको बुझिएको छ ।

खुकुरी प्रहार गर्ने रकमलाई सोही दिन प्रहरीले पक्राउ गरेको छ । रकमलाई पिडितहरुले ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने तयारीमा गरेका छन् । अहिलेृ घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ७ : ३६ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको