२०८२, ३१ भाद्र मंगलबार

मण्डपमै बेहुली कुटपिट गर्ने पक्राउ

मण्डपमै बेहुली कुटपिट गर्ने पक्राउ


म्याङ्लुङ, ११ पुस : तेह्रथुममा बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ । फेदाप गाउँपालिका–३ जलजलेमा केही युवाद्वारा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट गर्ने १० युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय सरोज लिम्बू, ओमन लिम्बू, दिनेश लिम्बू, सुदीप लिम्बू, मन्दिप लिम्बू, पूर्ण लिम्बू, नवीन लिम्बू, खगेन्द्र लिम्बू, सुजन लिम्बू र सनम लिम्बू रहेका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाहुना आएका केटीसँग धान नाच्न स्थानीय युवाले अनुरोध गरेका र नमान्दा तानातान हुँदा आवेशमा आएर घटना घटेको पक्राउ परेका युवाले बताएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट २२ वर्षीया बेहुलीप्रति सम्बाहाम्फे गम्भीर घाइते छिन् । वैवाहिक समारोह भइरहेका बेला समूहमा आएका युवाले विवाह मण्डपमै बेहुली माथि आक्रमण गरेका थिए । गम्भीर घाइते बेहुलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । बेहुली सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीका २२ वर्षीय सचिन आङ्देम्बेसँग विवाह भइरहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ७ : ३५ बजे

बलिदानको धुवाँले झस्काएको राष्ट्र

देश फेरि एक पटक आँसु, आक्रोश र अपेक्षाको दोभानमा उभिएको

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पर्यटन मन्त्रालयको नेतृत्वका लागि चार नाम चर्चामा, को बन्ला मन्त्री ?

काठमाडौँ । देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं