२०८३, १० बैशाख शुक्रबार

मण्डपमै बेहुली कुटपिट गर्ने पक्राउ

मण्डपमै बेहुली कुटपिट गर्ने पक्राउ


म्याङ्लुङ, ११ पुस : तेह्रथुममा बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ । फेदाप गाउँपालिका–३ जलजलेमा केही युवाद्वारा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट गर्ने १० युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय सरोज लिम्बू, ओमन लिम्बू, दिनेश लिम्बू, सुदीप लिम्बू, मन्दिप लिम्बू, पूर्ण लिम्बू, नवीन लिम्बू, खगेन्द्र लिम्बू, सुजन लिम्बू र सनम लिम्बू रहेका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाहुना आएका केटीसँग धान नाच्न स्थानीय युवाले अनुरोध गरेका र नमान्दा तानातान हुँदा आवेशमा आएर घटना घटेको पक्राउ परेका युवाले बताएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट २२ वर्षीया बेहुलीप्रति सम्बाहाम्फे गम्भीर घाइते छिन् । वैवाहिक समारोह भइरहेका बेला समूहमा आएका युवाले विवाह मण्डपमै बेहुली माथि आक्रमण गरेका थिए । गम्भीर घाइते बेहुलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । बेहुली सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीका २२ वर्षीय सचिन आङ्देम्बेसँग विवाह भइरहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ७ : ३५ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले