२०८३, २३ भाद्र बुधबार

‘कुनै अपराध भए प्रहरीलाई खबर गर्नुहोस्’ : महानिरीक्षक थापा

‘कुनै अपराध भए प्रहरीलाई खबर गर्नुहोस्’ : महानिरीक्षक थापा


काठमाडौँ, ११ पुस : महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले समाजमा कुनै अपराध भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आज काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा आयोजित कार्यक्रममा उहाँले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरीवृत्त बानेश्वरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गोविन्द्र काफ्लेले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीलाई नागरिकस्तरको सहयोग आवश्यक रहेको बताउनुभयो । प्रहरी विद्यालय सम्पर्क समितिका अध्यक्ष एवं रत्नराज्य माध्यामिक विद्यालयका प्राचार्य डा गीता खरेलले समाजमा हुने अपराध रोकथामका लागि विद्यार्थीको ठूलो भूमिका रहेको बताउनुभयो ।

सनराइज विद्यालयका प्राचार्य तेजप्रकाश श्रेष्ठले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा काठमाडौँ महानगरपालिका– १०, ३१ र ३२ का ३१ विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ७ : २७ बजे

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार