२०८२, ३१ भाद्र मंगलबार

‘कुनै अपराध भए प्रहरीलाई खबर गर्नुहोस्’ : महानिरीक्षक थापा

‘कुनै अपराध भए प्रहरीलाई खबर गर्नुहोस्’ : महानिरीक्षक थापा


काठमाडौँ, ११ पुस : महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले समाजमा कुनै अपराध भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आज काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा आयोजित कार्यक्रममा उहाँले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरीवृत्त बानेश्वरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गोविन्द्र काफ्लेले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीलाई नागरिकस्तरको सहयोग आवश्यक रहेको बताउनुभयो । प्रहरी विद्यालय सम्पर्क समितिका अध्यक्ष एवं रत्नराज्य माध्यामिक विद्यालयका प्राचार्य डा गीता खरेलले समाजमा हुने अपराध रोकथामका लागि विद्यार्थीको ठूलो भूमिका रहेको बताउनुभयो ।

सनराइज विद्यालयका प्राचार्य तेजप्रकाश श्रेष्ठले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा काठमाडौँ महानगरपालिका– १०, ३१ र ३२ का ३१ विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ७ : २७ बजे

बलिदानको धुवाँले झस्काएको राष्ट्र

देश फेरि एक पटक आँसु, आक्रोश र अपेक्षाको दोभानमा उभिएको

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पर्यटन मन्त्रालयको नेतृत्वका लागि चार नाम चर्चामा, को बन्ला मन्त्री ?

काठमाडौँ । देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं