२०८२, ३ माघ शनिबार

काभ्रेका सुत्केरीलाई गाउँपालिकाको तोरीको तेल

काभ्रेका सुत्केरीलाई गाउँपालिकाको तोरीको तेल


काभ्रेपलाञ्चोक, ११ पुस : खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ ।

मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइ त्यहीँ सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरिएको वडाअध्यक्ष क्षेत्रबहादुर घ्यावाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शुद्ध तोरीको तेल मालिसले शिशु स्वस्थ रहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको हौँैँ ।”

वडाअध्यक्ष घ्यावाले धाँमी झाक्रीको विश्वास गर्दा अकालमै ज्यान गुमाउनु परेको र चाँडै नै बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । “स्वास्थ्य संस्थाप्रति महिलाको आकर्षण बढाउन कार्यक्रम ल्याएका हौँ,” उहाँले भन्नुभयो ।

पाँचखाल नगरपालिकाले अनैकोट स्वास्थ्य चौकीमा, मण्डन देउपुर नगरपालिकाले ज्याम्दी स्वास्थ्य चौकीमा र पनौती नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ सञ्चालन अनुमति मागेको जिल्ला स्वास्थ्य समन्वय एकाइ प्रमुख नन्दराज अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ३५ स्थानमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ९ : ३६ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको