२०८३, २३ भाद्र बुधबार

जापानको श्रम बजारमा नेपालीलाई अवसर

जापानको श्रम बजारमा नेपालीलाई अवसर


काठमाडौँ, १० पुस: जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो ।

जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै प्रकाशन गरेको समाचारमा आगामी पाँच वर्षका निम्ति तीन लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेका जनाइएको छ । नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने पनि समाचारमा उल्लेख छ ।

कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपाली, चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने उक्त समाचारपत्रमा जनाइएको छ । यसैबीच, नेपालीलाई जापानमा रोजगारी उपलब्ध गराउने सम्बन्धमा जापान सरकारबाट आधिकारिक जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आगामी जनवरीमा जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली कामदारलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अघि बढ्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश्प्रसाद दाहालले जानकारी दिनुभयो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा उहाँले नेपाली कामदार लैजाने विषयमा धेरै कुरा अघि बढेकाले आगामी अप्रिलदेखि कामदार जापान जाने प्रक्रिया शुरु हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १० पुस मंगलबार  ८ : ५९ बजे

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार