२०८२, २४ कार्तिक सोमबार

काभ्रेका ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण

काभ्रेका ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण


काभ्रेपलाञ्चोक, १० पुस: जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर चौप्रधानका अनुसार रविओपी, महेन्द्रज्योति, रयाले, खरेलथोक, ज्याम्दी र चण्डेनीमण्डनमा २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकी भवनको पुनःनिर्माण गरिएको हो । बाल्टिङमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन यसै साता समुदायलाई हस्तान्तरण गरिनेछ ।

बनखु, फलामेटार, गोठपानी, पोखरीचौँरी र सानो वाङ्थलीमा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । कोरियाली रेडक्रसकी नेपालस्थित प्रतिनिधि सुनी किमले भूकम्पबाट प्रभावित केही जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ, “ग्रामीण भेगमा भवन बनाएर नेपाली नागरिकको स्वास्थ्य सेवा गर्न पाएकामा खुशी छौँ ।” कोरियाली रेडक्रसले भूकम्पबाट क्षतिग्रस्त काभे्रपलाञ्चोकमा १२, धादिङमा एक र सिन्धुपाल्चोकमा १४ स्वास्थ्य चौकी भवन निर्माण गर्न सम्झौता गरेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका स्वास्थ्य कार्यक्रम अधिकृत दीपक पोखरेलले जानकारी दिनुभयो । धादिङमा भवन निर्माण भइसकेको छ भने सिन्धुपाल्चोकमा १२ भवन निर्माण गरिएकामा दुई भवन निर्माणाधीन अवस्थामा छन् ।

“एउटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्न रु ६० लाखदेखि रु ६५ लाखसम्म खर्च भएको छ,” पोखरेलले भन्नुभयो । उक्त रकमले प्रिफेबको प्रयोग गरी स्वास्थ्य चौकी भवन, उपकरण तथा कर्मचारी आवास निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “केही भवनमा सोलारबत्तिसहित तातोपानीको व्यवस्थापन गरिएको छ ।” जिल्ला स्वास्थ्य समन्वय एकाइका अनुसार भूकम्पबाट क्षतिग्रस्त ४३ स्वास्थ्य चौकी भवनमध्ये ३७ वटा गैर सरकारी संस्थाको सहयोगमा निर्माण गर्ने सम्झौता भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० पुस मंगलबार  ८ : ५६ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य