२०८३, २३ भाद्र बुधबार

विश्वभर क्रिसमस मनाइँदैै, नेपालका गिरिजाघरहरूमा प्रार्थना

विश्वभर क्रिसमस मनाइँदैै, नेपालका गिरिजाघरहरूमा प्रार्थना


काठमाडौँ, पुस १० :क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवकाे रुपमा आज नेपालसहित विश्वभर क्रिसमस मनाइँदै छ ।येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइने गरिन्छ । अाजभन्दा २ हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो ।

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रुसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा पनि क्रिसमसकाे उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । ‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ । अाज नेपालमा रहेका क्रिश्चियन समुदायले देशभरका गिर्जाघरहरूमा प्रार्थना गरी क्रिसमस मनाउँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिसमसका अवसरमा नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, १० पुस मंगलबार  ८ : ४४ बजे

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार