२०८२, १७ मंसिर बुधबार

पर्खालभित्र सिंहदरबार, थोत्रा गाडीको ‘डम्पिङ साइट’

पर्खालभित्र सिंहदरबार, थोत्रा गाडीको ‘डम्पिङ साइट’


काठमाडौँ, पुस १० : प्रधानमन्त्री कार्यालयअगाडि फुच्चे धरहरा राखिएको छ। गाडीहरू पछाडि पार्किङ गरिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खाली देखिन्छ। तर, प्रायः सम्पूर्ण मन्त्रालयको वरपर प्राडो, पजेरोको भीड देखिन्छ। गाडीहरू जथाभावी पार्किङ गरिएका छन्।

सिंहदरबारभित्र प्रत्येक मन्त्रालयवरिपरि थोत्रा गाडी बगे्रल्ती छन्। वर्षौंदेखि थन्किएका यस्ता गाडी अनेक ब्रान्डका छन्। प्राडो, पजेरो, निशान (शन्नी), फोर्ड, टक्सनजस्ता ब्रान्डेड कम्पनीका थोत्रा गाडी सिंहदरबारभित्र छन्। न कसैले बनाएर चलाउँछ, न त्यहाँबाट अन्यत्र हटाउँछ। जताततै यस्ता थोत्रा गाडी मिल्किएको देख्दा लाग्छ–सिंहदरबार थोत्रा गाडीहरूको डम्पिङ साइट हो।

मोटरबाइक र साइकलहरू पनि प्रशस्तै छन्। रेडियो नेपाल परिसरमा २०÷२५ वटा थोत्रा र बिग्रिएका साइकल र मोटरसाइकल लडाएर राखिएका छन्।पुनर्निर्माण प्राधिकरणको कार्यालय, सिंहदरबार। प्राधिकरण अघिल्तिरको पार्किङमा बिग्रिएका थोत्रा गाडी थुप्रै छन्। वर्षौंदेखि नचलेका जस्ता देखिने यी गाडी पार्किङमा मिलाएर राखिएका छन्।

सिंहदरबारभित्रका खाली जग्गामा सयौं संख्यामा बिग्रिएका गाडी छन्। प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी घिमिरे पुराना गाडी लिलाम गर्दा सरकारलाई खासै फाइदा नहुने बताउँछन्। पुराना गाडी व्यवस्थापन गर्ने काम अगाडि बढिरहेको उनले बताए। उनले भने, ‘पुराना गाडी पहिलेको तुलनामा अहिले घटेको छ। त्यसको व्यवस्थापनको काम भइरहेको छ।

प्रकाशित मिति : २०७५, १० पुस मंगलबार  ७ : ४३ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी