२०८१, २३ भाद्र आईतबार

देशभरका स्थानीय सरकारले सिन्धुपाल्चोकबाट खबरदारी गर्ने तयारी

देशभरका स्थानीय सरकारले सिन्धुपाल्चोकबाट खबरदारी गर्ने तयारी


सिन्धुपाल्चोक ९ पौष : सिन्धुपाल्चोक जिल्लाको पर्यटकीयस्थल मेलम्चीको गुफाडाँडामा हुन गइरहेको राष्ट्रिय जलवायु सम्मेलनबाट देशभरका स्थानीय सरकारका प्रमुखहरुले केन्द्रीय सरकारलाई खबरदारी गर्ने भएका छन् ।

देशभरबाट प्रतिनिधित्व गर्दै स्थानीय सरकारका प्रमुख र उप्रमुख सहितका सहभागीले सिन्धुपाल्चोकको गुफाडाँडामा हुन गइरहेको राष्ट्रिय जलवायु सम्मेलनको तयारीका क्रममा यस्तो खबरदारी गर्ने भएका हुन् । सम्मेलन स्थल मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचाइमा हुन गइरहेको छ । सम्मेलनलाई आगामी पुस १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

सम्मेलनमा प्रदेश नं. ३ का मुख्यमन्त्री, मन्त्री, जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसद, सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका अध्यक्षलाई सम्मेलनमा अतिथिका रुपमा सहभागी हुने आयोजकले जनाएको छ । त्यसैगरी ७७ जिल्लाका प्रमुख, उपप्रमुखसहित तीन÷तीन जनाले कार्यक्रममा सहभागिता जनाउनेछन् । देशभरका ७ सय ५३ स्थानीय तहलाई यो सम्मेलनले जलवायु परिवर्तनको प्रभाव र असरको अनुकुलनको योजना निर्माण गर्न मद्दत पु¥याउनेछ ।

स्थानीय सरकारले प्रभावकारी योजना बनाउन सके भने देशैभर यसको प्रभावलाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ । मानवीय स्वास्थ्य अनुकुलको वातावरण कायम गराउने योजनाका साथ स्थानीय सरकारले भूमिका निर्वाह गर्न सक्ने क्षमताको विकास सम्मेलनले सघाउनेछ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको व्यवस्थापन र जिल्ला समन्वय समिति महासंघको आयोजनामा सम्मेलन हुन लागेको हो ।

जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र मानवीय जनजीवनमा त्यसले पारेको असरउपर छलफलमा सम्मेलन केन्द्रित रहनेछ । पुस १६ देखि दुई दिन चल्ने सम्मेलनमा ‘विकसित औद्योगिक मुलुकहरुले कार्वन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रलाई शुल्क तिर्नुपर्ने व्यवस्था गर्नका लागि व्यापक छलफल गरी दबाव दिने आयोजकले जनाएको छ । ‘हामी सम्मेलन मार्फत दबाव दिन्छौं’, सम्मेलन मुल आयोजक समितिका संयोजक रहेका कृष्ण गोपाल तामाङले भने–‘औद्योगिक राष्ट्रले निम्त्याएको प्रदुषणलाई नेपालीले खेप्नु प¥यो । अब हामी नेपाल सरकारलाई दुषित कार्वन सेवन गराउने राष्ट्रसँग रोयल्टी माग गर्न खबरदारीका साथ दवाव दिनेछौं ।’ त्यस्ता राष्ट्रबाट सरकारले रोयल्टी लिएको भए थाहा दिनुप¥यो र त्यसलाई वातावरण संरक्षणमा नै खर्चिनु पर्ने उनको भनाई छ । नत्र जनतालाई उकुशमुकुशमा बाँच्न विवश बनाएर किन नेपाल सरकार चुपचाप बसेको छ ? मानवीय स्वास्थ्यमा मात्रै नभई यसले नेपालीको कृषि उत्पादनमा ह्रास ल्याएको छ । पशुपालन प्रभावित बनाएको छ । त्यसैले नेपाल सरकार यसरी चुप बस्नु हुँदैन । त्यसैका लागि यो सम्मेलनले सरकारलाई दबाब दिने तयारी गरेको आयोजकले जनाएका छन् ।

सम्मेलनमा विषय विज्ञ र सम्वद्ध मन्त्रालयका अधिकारीले जलवायु परिवर्तन सम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि व्यापक छलफल गरी सिन्धुपाल्चोक घोषणापत्र जारी गरिनेछ । सम्मेलनका सहभागीलाई मेलम्ची आयोजनाको १० कि.मी. दुरीको सुन्दरीजल–सिन्धु सुरुङबाट मेलम्ची उतार्ने कार्यक्रम रहेको छ । पर्यटकीय स्थल हेलम्बु क्षेत्र र मेलम्ची खानेपानी आयोजनाको मुहान समेत भ्रमण गराइने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आयोजना हुन लागेको सम्मेलनको वातावरण अनुकुलन दर्शाउने लोगो समेत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  ७ : ५५ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा