२०८२, ३१ भाद्र मंगलबार

पत्रकार महासङ्घको विधान अधिवेशन पोखरामा हुने

पत्रकार महासङ्घको विधान अधिवेशन पोखरामा हुने


काठमाडौँ, ९ पुस : नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन आगामी फागुन ९ र १० पोखरामा हुने भएको छ । महासङ्का सचिव रामप्रसाद दाहालका अनुसार पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने र त्यसका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन गरिएको छ ।

महासङ्घ बैठकले विराटनगरमा सम्पन्न प्रदेश अध्यक्ष÷महासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनको समीक्षा गर्दै सम्मेलनले महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणलीमा लैजान दिएको निर्देशनसहितका मार्ग निर्देशनलाई पूरा गर्न उपाध्यक्ष विपुल पोखरेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गराउन सशक्त आन्दोलन गर्ने निर्णय गर्दै सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएको छ । महासङ्घले मुलुकी फौजदारी, गोपनीयताको हकसम्बन्धी कानून र विद्युतीय कारोवारसम्बन्धी ऐनमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान तत्काल संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्ने कानूनी वातावरण तयार पार्न सरकारसँग माग गरेको छ ।

महासङ्घले सङ्घ, प्रदेश र स्थानीय तहमा निर्माण भइरहेको समाचारसम्बन्धी कानून प्रेस स्वतन्त्रतालाई कुण्ठित नहुने गरी निर्माण गर्न आह्वान गर्दै सातवटै प्रदेशमा प्रेस स्वतन्त्रता संरक्षण मिसन पठाउने निर्णय गरेको सचिव दाहालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  ७ : १६ बजे

बलिदानको धुवाँले झस्काएको राष्ट्र

देश फेरि एक पटक आँसु, आक्रोश र अपेक्षाको दोभानमा उभिएको

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पर्यटन मन्त्रालयको नेतृत्वका लागि चार नाम चर्चामा, को बन्ला मन्त्री ?

काठमाडौँ । देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं