२०८१, १७ चैत्र सोमबार

दुख गरे के हुदैन ! सडक किनारमा मकै पोलेर यति राम्रो घर

दुख गरे के हुदैन ! सडक किनारमा मकै पोलेर यति राम्रो घर


चितवन, ८ पुस : सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण यहाँको एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् । भरतपुर महानगरपालिका वडा नं १२ वसन्त चोकमा लक्ष्मी बुढाथोकी र उहाँका श्रीमान् लक्ष्मण बुढाथोकीले मकै पोलेर घर बनाउनुभएको हो ।

भरतपुर अस्पतालको चोकमा मकै पोल्दै गर्नुभएकी बुढाथोकीले भन्नुभयो, “हामीले यो व्यवसाय गरेको १९ वर्ष भयो ।” लक्ष्मीले शुरुआतीदेखि नै त्यही चोकमा मकै पोल्दै आउनुभएको छ भने श्रीमान् लक्ष्मणले पहिले ठेलामा मकै पोल्ने गरे पनि अहिले बालमन्दिर नजिकै चोकमा मकै पोल्दै आउनुभएको छ । यही कमाइले यो दम्पतीले तीन सन्तान हुर्काएको छ । जेठी छोरीको विवाह भइसक्यो भने एक छोरा र कान्छी छोरी कक्षा ११ मा पढ्दै छिन् । परिवारको पालनपोषण, पढाइ, विवाह दानसँगै जग्गा खरीद गरेर घर बनाउन उहाँहरु सफल हुनुभएको हो ।

उहाँहरुले जिल्लाको टाँडी, शुक्रनगर र गैँडाकोटबाट मकै ल्याएर श्रीमान् श्रीमती नै मकै पोलेर बेच्दै आउनुभएको छ । पहिला ठेलामा मकै बेच्दा केही राम्रो भए पनि अहिले एक ठाउँमा मात्र बसेर मकै बेच्दा पहिलाको जस्तो कमाइ हुन नसकेको लक्ष्मीले बताउनुभयो । आफूले विवाह गर्दा श्रीमान्ले रिक्सा चलाउने गरेको भए पनि पछि दुवै जनाले मकै बेचेर बस्न थालेको उहाँले बताउनुभयो । चितवन माइत र नुवाकोट घर भएकी बुढाथोकी विवाहपछि घर नगई यही बसेर काम गर्न थालेको बताउनुहुन्छ ।

श्रीमान्को रिक्सामा कमाइ कम हुँदै गएपछि आफूले मकै पोल्न थालेको र पछि श्रीमान्ले पनि मकै पोल्न थाल्नुभएको उहाँको भनाइ छ । जाडोको समयमा १५० घोगासम्म मकै बिक्री हुुने गरेको बताउने बुढाथोकी गर्मी समयमा भने ५० घोगा पनि बिक्न कठिन हुने बताउनुहुन्छ । अहिले दैनिक एक जनाको आम्दानी रु दुई हजार हाराहारी हुने गरेको लक्ष्मीले बताउनुभयो । “बिहान जाडोमा गएर मकै ल्याउनुपर्छ, दुःख छ दुःख भएर के गर्ने काम गर्नै प¥यो”, उहाँले भन्नुभयो ।

अहिले स्थानीय सरकारले सडकमा मकै पोलेर बेच्न नदिँदा व्यवसाय धरासायी बन्दै गएको उहाँको गुनासो छ । विदेशमा गएर सङ्घर्ष गर्नुभन्दा जति दुःख भए पनि आफ्नै देशमा काम गर्दा आनन्द आउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफ्नो देशमा मेहनत ग¥यो भने सफल भइन्छ ।”
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ८ : ०५ बजे

काठमाडौंमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म कायम रहने अधिकारीको भनाई

काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको

शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्याउँछौं : प्रधानमन्त्रीओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्