२०८२, ३ माघ शनिबार

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण


काठमाडौँ, ८ पुस: विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

भूकम्पबाट क्षति पुगेका लालगणेश, राजराजेश्वरीको श्राद्धपाटी, मूलभट्ट निवास, शङ्कराचार्य मन्दिर, कुलानन्द झा सत्तल, वनकाली सत्तल, गुह्येश्वरी मन्दिरस्थित वाग्मती नदीअघिको सत्तल, पन्ध्र शिवालय सत्तल, चौतरिया शिवालय, अमरकान्तेश्वर÷सुरेशकान्तेश्वर, कोटीलिङ्गेश्वर र ताराप्रकाशेश्वर मन्दिर निर्माण सम्पन्न भएको छ ।

यसैगरी चन्दनपाटी, गुरुग्रन्थ मन्दिर, निर्मला अखडा र भूकम्पले भत्किएका संरचनाका भग्नावशेष हटाउने काम सम्पन्न गरिएको ढकालले बताउनुभयो । “तीन सम्पदा कोष आफैँले पुनःनिर्माण गरेको हो । दश सम्पदाको पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सहयोग गरेको हो,” उहाँले भन्नुभयो । दुई सम्पदा पुनःनिर्माणका लागि दाताले सहयोग गर्नुभएको थियो । चालू आर्थिक वर्षमा जयवागेश्वरी र विश्वरुप मन्दिर पुनःनिर्माण गर्न लागिएको छ । “यस वर्ष १३ सम्पदा पुनःनिर्माण गरिँदैछ, १८ सम्पदा पुनःनिर्माण गर्न बाँकी छ,” ढकालले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ७ : ३२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको