२०८२, २१ फाल्गुन शुक्रबार

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण


काठमाडौँ, ८ पुस: विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

भूकम्पबाट क्षति पुगेका लालगणेश, राजराजेश्वरीको श्राद्धपाटी, मूलभट्ट निवास, शङ्कराचार्य मन्दिर, कुलानन्द झा सत्तल, वनकाली सत्तल, गुह्येश्वरी मन्दिरस्थित वाग्मती नदीअघिको सत्तल, पन्ध्र शिवालय सत्तल, चौतरिया शिवालय, अमरकान्तेश्वर÷सुरेशकान्तेश्वर, कोटीलिङ्गेश्वर र ताराप्रकाशेश्वर मन्दिर निर्माण सम्पन्न भएको छ ।

यसैगरी चन्दनपाटी, गुरुग्रन्थ मन्दिर, निर्मला अखडा र भूकम्पले भत्किएका संरचनाका भग्नावशेष हटाउने काम सम्पन्न गरिएको ढकालले बताउनुभयो । “तीन सम्पदा कोष आफैँले पुनःनिर्माण गरेको हो । दश सम्पदाको पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सहयोग गरेको हो,” उहाँले भन्नुभयो । दुई सम्पदा पुनःनिर्माणका लागि दाताले सहयोग गर्नुभएको थियो । चालू आर्थिक वर्षमा जयवागेश्वरी र विश्वरुप मन्दिर पुनःनिर्माण गर्न लागिएको छ । “यस वर्ष १३ सम्पदा पुनःनिर्माण गरिँदैछ, १८ सम्पदा पुनःनिर्माण गर्न बाँकी छ,” ढकालले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ७ : ३२ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको