२०८२, १ पुस मंगलबार

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याइँ गर्नुहुन्न : गृहमन्त्री

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याइँ गर्नुहुन्न : गृहमन्त्री


काठमाडौँ, ८ पुस: गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याइँ गर्न नहुने बताउनुभएको छ । गृहमन्त्रालयमा आज आयोजित मन्त्रालयको आव २०७५÷०७६ को प्रथम चौमासिक प्रगति समीक्षा र गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको बताउनुभयो ।

शान्ति सुरक्षा र विकास अन्तर सम्बन्धित रहेको कुरालाई राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालजस्ता निकायले बुझेर सोहीअनुरुपको सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । सुरक्षाका लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोग बढाउँदै लैजानुपर्नेमा गृहमन्त्री थापाले जोड दिनुभयो । बैठकमा मन्त्रालयको पूँजीगत खर्च कम भएको विवरण पेश भएपछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “बजेट भएर पनि काम नभएको भए त्यहाँ लापर्वाही भएको स्पष्ट छ, त्यसलाई तत्काल सच्याउनुहोस् ।” कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले मन्त्रालयबाट आवश्यक सहयोग रहे पनि मन्त्रालयअन्तर्गतका निकायले अपेक्षित गति अझै लिन नसकेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका लागि आवश्यक स्रोत र साधनको कमी रहेको तथा आवश्यकताअनुसार प्रहरी जनशक्ति भर्ना गर्न नसकिएको गुनासो गर्नुभयो । बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग, प्रहरी किताबखानालगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ७ : २८ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई