२०८२, ३ माघ शनिबार

बिहानै कुनै पनि कार्य गर्नु भन्दा अगाडी गर्नुहोस् यी ५ कार्य ! जीवननै फरक हुनेछ !

बिहानै कुनै पनि कार्य गर्नु भन्दा अगाडी गर्नुहोस् यी ५ कार्य ! जीवननै फरक हुनेछ !


हिन्दु शास्त्रमा जीवन शैलीलाई सकारात्मक तरिकाले चलाउन विभिन्न नियम र मान्यताहरुको बारेमा चर्चा गरिएको छ । यसैक्रममा दिनको सुरुवातलाई लिएर हिन्दु धर्ममा चर्चा गरिएको मान्यताहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।

दिनको सुरुवातमा यसो गर्नुहोस

स्नान
बिहान नुहाएर मात्र भान्छामा पस्नुपर्ने शास्त्र बताउँछ । स्वास्थ्यको दृष्टीबाट पनि बिहानको स्नान उपयोगी हुन्छ ।

भगवानको दर्शन
जो मानिस बिहान उठी स्नान गरि केही बेर भगवानको पुजा आराधना गर्छ उसको दिन शुभ बित्नेछ । भगवानको दर्शनले मनमा शान्ती आउँछ र मन शुद्ध हुन्छ । शुद्ध मन र स्वस्थ्य शरिरले विचार शुद्ध हुन्छ । शुद्ध विचार सफलताको प्रतिक हो ।

तुलसीलाई जल चढाउनु र सेवन गर्नु
भनिन्छ कि बिना स्नान गरि तुलसी नछुनु । आयुर्वेदमा विशेष महत्व दिइने तुलसीको सेवन स्वास्थ्यको लागि अति उत्तम हुन्छ ।

ठुलाको आशीर्वाद
घरमा निस्कनु अघि ठुलाको आशीर्वाद लिन बिर्सन हुँदैन । जसले मानसम्मान दिन जान्छ उसले मानसम्मान पाउने पनि गर्छ । साथै मनमा राखिने आस्थाले विचार र काममा शुद्धी ल्याउँछ ।

दहि खानु
घरबाट निस्कनुअघि वा कुनै शुभ कार्य अघि दहि खानु शुभ मानिन्छ । ठुलो विपद वा समस्या टर्ने विश्वास गरिन्छ । साथै शरिरको लागि पनि फलदायी हुन्छ दही ।

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ११ : २१ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको