२०८२, २३ चैत्र मंगलबार

दुप्चेश्वरमा दर्शनार्थीको भीड

दुप्चेश्वरमा दर्शनार्थीको भीड


बेत्रावती, ७ पुस: ऐतिहासिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा धान्य पूर्णिमाका अवसरमा लाग्ने मेला आज सकिएको छ । ‘सानो पशुपतिनाथ’का रुपमा चिनिने यो मन्दिरमा ‘जे माग्यो त्यो पूरा गरिदिने’ विश्वासमा यो वर्ष ५० हजार भक्तजनले पूजाआरधना गरेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । एकादशीदेखि शुरु भएको जात्रामा शुक्रबार मात्रै २० हजार भक्तजन सहभागी थिए । तामाङका अनुसार शुक्रबारदेखि शुरु भएर पूर्णिमाको दिन शनिबार दर्शन गर्ने भक्तजनको उत्साहपूर्ण सहभागितासँगै यस वर्षको धान्य पूर्णिमामा लाग्ने मेला सकिएको हो ।

महादेव मन्दिरमा पूजा गरी जल चढाउनाले भक्तिभाव र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको पूजारी भगवानहरि धितालले बताउनुभयो । राउतवेशीका स्थानीयवासीको गाई तादी नदी किनारको भिरमा पुगेर बच्चा जन्माइ दूध चढाएर बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेवको नाममा भगवान् अवतारका रुपमा २०० वर्षभन्दाअघिदेखि नै पुज्दै आएको भनाइ छ । समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवनबाट छट्पटिनुभएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै नुवाकोटको दुप्चेश्वर मन्दिरमा बास बसेर रसुवाको गोसाइँकुण्ड पुगेको किंवदन्तीसमेत रहेकाले दुप्चेश्वर भगवान्लाई सानो पशुपति नाथका रुपमा पुज्ने गरिएको छ ।

ऐतिहासिक धार्मिक महत्वको तीर्थस्थल दुप्चेश्वरको प्रचारप्रसार र संरक्षणका लागि हाल आएर स्थानीय सरकार क्रियाशील भएर लागेको दुप्चेश्वर गाउँपालिकाको उपप्रमुख अञ्जु आचार्यले जानकारी दिनुभयो । उहाँको अनुसार महादेवको स्थानसहित आसपासको जग्गा प्राप्ति, शिलामा अवस्थित महादेवका लागि मन्दिरसहित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्यसाथ गुरुयोजना निर्माण थालिएको छ । “यातायात सेवाको सहजता, भक्तजनका लागि आश्रयस्थलसहितको गुरुयोजना बनाएर दुप्चेश्वर महादेव मन्दिरको पूर्वाधार विकास र महिमालाई प्रचार गर्न स्थानीय सरकारले काम शुरु गरेको छ”, आचार्यले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ८ : ४८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि