२०८२, १३ माघ मंगलबार

सभामुख महरा पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य

सभामुख महरा पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य


रोल्पा, ७ रोल्पा : सभामुख कृष्णबहादुर महराले पूर्वविद्यार्थी मञ्चको सदस्यता लिनुभएको छ । उहाँले अध्ययन गरेको सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यामिक विद्यालय पूर्वविद्यार्थी मञ्चको सदस्यता लिनुभएको हो । विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीका लागि आयोजित पुनःमिलन कार्यक्रममा आज सभामुख महराले उक्त सदस्यता लिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका सभामुख महराले आफूले सो विद्यालयमा अध्ययन गर्दाका दुःख कष्टकोसमेत स्मरण गर्नुभयो । आफूलाई अहिलेको अवस्थामा पुग्न विद्यालयकोसमेत ठूलो भूमिका रहेको उहाँले बताउनुभयो । अनेकौँ पुस्ताका विद्यार्थी जमघट गराउने थलोका रुपमा रहेको पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य बन्न पाएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

दुर्गमका विद्यालयले अझै धेरै समस्या भोग्नुपरिरहेको बताउँदै त्यस्ता समस्यालाई साझेदारी गर्न पूर्वविद्यार्थीलाई आग्रहसमेत गर्नुभयो । सभामुख महरालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपाने र पूर्वविद्यार्थी मञ्चका संयोजक खिमबहादुर घर्तीले आजीवन सदस्यता प्रदान गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ७ : ३५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै