२०८३, ३२ असार शुक्रबार

रणोद्दीप सिंहको श्राद्धका १२ बोका कसले खान्छ ? मासु नभएपछि श्राद्ध खान आउने घटे !

रणोद्दीप सिंहको श्राद्धका १२ बोका कसले खान्छ ? मासु नभएपछि श्राद्ध खान आउने घटे !


काठमाडौं , पुस ७ : तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको श्राद्धमा पकाउनका लागि छुट्याइने १२ वटा बोका श्राद्ध खान आउनेको पेटमै पुग्दैन। बोकाको मासुको व्यवस्था नभएपछि श्राद्धमा प्रसाद खान आउने पनि घटिरहेका छन्।

दैनिक ३० जनाका लागि दालभात, तरकारी, अचार तयार हुँदै आएको छ। तर श्राद्ध भोजनमा १२\१३ जना मात्र आउने गरेका छन्। बज्रघरका पाले ऋषिराम चालिसेले भोजन गर्न आउनेको संख्या घट्दै गएको सोहीघरका सरोकारवाला पञ्चनाायण महर्जनलाई जानकारी गराएका छन्।

उनका अनुसार पहिले पहिले वर्षमा १२ वटा बोका श्राद्धको चुह्लोमा पाक्थे। अहिले यी बोका कसले खान्छ थाहा छैन। श्राद्धकर्ता पशुपति गुठी गोश्वारा कार्यालयले श्राद्धको बोका भने गोश्वाराबाट निकासी भइरहेको जानकारी दियो।

‘गोश्वाराबाट बोका जान्छ तर भान्सामा किन पाक्दै थाहा छैन’, गोश्वाराका पर्व हेर्ने कर्मचारी चेतमान गिरीले भने। भान्सामा दालभात पनि स्वादिष्ट नपाक्ने भएकाले असाध्यै भोकाएकाहरू मात्र श्राद्धस्थलमा पस्छन्। याे खबर अाजकाे गोरखापत्र दैनिकमा छ।

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ७ : ३७ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित