२०८३, १८ आश्विन सोमबार

आज योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै

आज योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै


काठमाडौं , पुस ७ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व शनिबार मनाइँदैछ ।उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ। जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो।

यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ। पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडुपूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यस पूर्णिमालाई धान्यपूर्णिमा पनि भनिन्छ।आजका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन्। यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ।

प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा रहेको छ। किरात समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउँछन्। वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ। पूजापछि साकेला नाचिन्छ। नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ७ : २९ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा