२०८२, १६ पुस बुधबार

सुत्केरी बचाउन जहाज चार्टर

सुत्केरी बचाउन जहाज चार्टर


जाजरकोट, पुस ७ : चार दिनकी सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि जहाज चार्टर गरी नेपालगन्ज लगिएको छ। जाजरकोट अस्पताल पुर्‍याइएकी जाजरकोट भेरी नगरपालिका–३ ठाँटीकी प्रतिभा पुन थापालाई जहाज चार्टर गरी शुक्रबार नेपालगन्ज पुर्‍याइएको हो।

२ लाख २५ हजार रुपैयाँमा तारा एयरको जहाज चार्टर गरी उनलाई उपचारका लागि लगिएको हो। उनको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ।प्रतिभाले चार दिनअघि भेरी अञ्चल अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी हुन्। बिहीबार घर फर्किएको केही समयपछि रक्तस्राव बढ्दै गएपछि उनी बेहोस भएकी थिइन्। तत्काल जाजरकोट अस्पताल पुर्‍याइए पनि दक्ष चिकित्सक र उपकरण अभावमा उनको उपचार हुन सकेको थिएन।

अस्पतालले नेपालगन्ज रिफर गरिदियो। ‘सुत्केरीको ज्यान बचाउन छिटो सुविधा सम्पन्न अस्पताल लैजान जाजरकोट अस्पतालका डाक्टरले सल्लाह दिए’, श्रीमान् पदम थापाले भने, ‘तर कसरी लैजाने ? स्थलमार्गबाट लैजाँदा कम्तीमा ५ घण्टा लाग्छ, त्यसैले जहाज चार्टर गर्नुपर्‍यो।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ६ : ५९ बजे

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो

न्यायाधीशमाथि धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने