२०८२, ३ माघ शनिबार

दलदलमा खसेर गैँडाको मृत्यु

दलदलमा खसेर गैँडाको मृत्यु


चितवन, ६ पुस : दलदलमा खसेर आज यहाँ एक गैँडाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२४ चियानडाँडादेखि ३०० मिटर गोलाघाटतर्फ सो गैँडा मरेको हो । स्थानीय ६२ वर्षीय रहर सिंह घलेलाई लखट्ने क्रममा घले र गैँडा दुवै दलदलमा खसेका थिए । करीब १५ मिटर अग्लो डिलबाट खसेका गैँडा र घले दुवै घाइते भएका थिए । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार घाइते घलेको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

डिलबाट खसेर दलदलमा परेको घाइते गैँडाको उद्धार गर्ने क्रममा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो । अन्दाजी १० वर्षको पोथी गैँडा दिउँसो सामुदायीक वनबाट निस्किएर बस्ती प्रवेश गरी मान्छेलाई लखेटेको थियो । सोही क्रममा दुर्घटना भएको हो । चालू आर्थिक वर्षको हालसम्म निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले २० गैँडा मरेका छन् भने गत आर्थिक वर्षमा २६ गैँडा मरेका थिए ।
-रासस)

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ९ : ०१ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको